शनिबार, असोज १७, २०८३

२१६ मेगावाटको त्रिशूली-१ को काम धमाधम

देशकै हालसम्मको ठूलो जलविद्युत आयोजना माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको काम तीव्र गतिमा भइरहेको छ।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं- प्रत्यक्ष विदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको कामले तीव्रता पाएको छ। आयोजनाको आयोजनाको भूमिगत विद्युतगृह पुग्न प्रयोग हुने भेन्टिलेसन टनेलको काम भदौ पहिलो सातादेखि 'युद्ध'स्तरमा भइरहेको छ।

सुरुङ निर्माणको लागि २ सय ४६ मिटर भेन्टिलेसन टनेल निर्माणको लागि चट्टान फोन आवश्यक पर्ने विस्फोटको सम्पन्न भएको छ।

आयोजनास्थलमा क्रसर प्लान्ट तथा ब्याचिङ प्लान्ट स्थापना, निर्माण सामग्रीको परीक्षण, पहुँच सडकका लागि त्रिशूली नदीमा बेली ब्रिजको निर्माण, बाँधलगायत संरचना बनाउनका लागि आवश्यक काम धमाधम भइरहेको आयोजनाले जनाएको छ।

आयोजना इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा निर्माण हुन लागेको हो। सो आयोजनाको निर्माण ठेक्का कोरियन कम्पनी डुसानले पाएको छ। ठेकेदार कम्पनीले आयोजनाको २०८३ को मंसिरभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ।
२१६ मेगावाटको सो आयोजना प्रत्यक्ष वैदेशिक लगानीमा बनिरहेको छ। सो आयोजनाको कुल लागत ब्याजसहित ६४ करोड ७३ लाख अमेरिकी डलर छ। आयोजनामा नौ अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने भएका छन् बाँकी लगानी स्वपुँजीबाट जुटाइनेछ।
आयोजना इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा निर्माण हुन लागेको हो। सो आयोजनाको निर्माण ठेक्का कोरियन कम्पनी डुसानले पाएको छ। ठेकेदार कम्पनीले आयोजनाको २०८३ को मंसिरभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ।

निर्माण स्थलमा हाल अहिले दुई सयभन्दा बढी कामदार खटिएका छन्। आयोजनाको प्रवद्र्धन गरिरहेको नेपाल वाटर एन्ड इनर्जी डेभलोपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको लगानी छ।

आयोजना प्रभावित स्थानीयको लागि अधिकतम १० प्रतिशत लगानी सुनिश्चित गरेको छ। आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ।

आयोजनाले निर्माणपश्चात वार्षिक १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ। कुल उत्पादित ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदमा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ। सो उत्पादनलाई नेपाल विद्युत प्राधिकरणको त्रिशूली–३ बी हब सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गराइनेछ। हाल विद्युत प्राधिकरणले पनि हब सबस्टेसनको निर्माणलाई तीव्रता दिइरहेको छ।

काठमाडौंको भारकेन्द्रबाट नजिक रहेको र विद्युतको अध्याधिक माग हुने हिउँदमा समेत १०४ मेगावाट विद्युत् उत्पादन हुने माथिल्लो त्रिशूली १ आयोजनालाई आकर्षक आयोजना मानिएको हो।

प्रकाशित: Sep 10, 2021| 08:15 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्