बिहीबार, साउन १४, २०८३

स्पेनमा १८ दिनयताकै कम संख्यामा संक्रमितको मृत्यु

कोरोनाको महामारीका कारण जटिल अवस्थामा रहेको युरोपेली देश स्पेनमा शनिबार विगत १८ दिन यताकै कम संख्यामा मृत्यु भएको छ।
 |  शनिबार, चैत २९, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २९, २०७६

एजेन्सी- कोरोनाको महामारीका कारण जटिल अवस्थामा रहेको युरोपेली देश स्पेनमा शनिबार विगत १८ दिन यताकै कम संख्यामा मृत्यु भएको छ।

लगातार ठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भइरहेको स्पेनमा शनिबार ५ सय १० जनाको मात्र मृत्यु भएको हो।

गत मार्च २३ यता त्यहाँ दैनिक रुपमा यो भन्दा ठूलो संख्यामा मानिसको मृत्यु भएको थियो।

स्पेनमा अहिलेसम्म कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या १६ हजार ३५३ जनाको मृत्यु भएको छ। शनिबार स्पेनमा ४ हजार ८३० जना नयाँ संक्रमित थपिएका छन्।

योसँगै स्पेनमा मार्चबाट सुरु भएको कोरोनाको महामारीबाट १ लाख ६१ हजार ८५२ जना संक्रमित भेटिएका छन्।

अमेरिकामा विगत २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै २ हजार १०८ जनाको मृत्यु भएको छ।

त्यहाँ अहिलेसम्म मृत्यु हुनेको जम्मा संख्या १८ हजार ७७७ पुगेको छ। कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख १ हजार पुगेको छ।

काेराेनाकाे अर्काे केन्द्रविन्दु इटलीमा अहिलेसम्म १८ हजार ८४९ जनाकाे मृत्यु भएकाे छ। त्यहाँ संक्रमितकाे संख्या १ लाख ४७ हजार ५०० छ।

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख २ हजार पुगेको छ। संक्रमितको संख्या १७ लाख पुगेको छ भने संक्रमणपछि उपचार गरेर निको हुनेको संख्या ३ लाख ७६ हजार छ।

प्रकाशित: Apr 11, 2020| 16:23 शनिबार, चैत २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।