भारतमा कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना भएका एकजनाले आत्महत्या गरेका छन्।
तमिलनाडुको अरियालुरस्थित सरकारी अस्पतालमा भर्ना भएका एक ६० वर्षीय वृद्धले अस्पतालमै आत्महत्या गरेका हुन्। केरलाबाट आएका उनमा ज्वरो र खोकी देखिएपछि कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएको थियो।
परीक्षणका लागि उनको नमुना लिइएकोमा रिपोर्ट सार्वजनिक नहुँदै उनले आइसोलेसन वार्डमै आत्महत्या गरेका हुन्।
चिकित्सकले भने उनको रिपोर्ट नेगेटिभ आएको बताएका छन्। प्रहरीले उनी तनावमा आएर आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।