बुधबार, चैत ११, २०८२

निजी विद्यालयलाई शुल्क छुट तत्काल कार्यान्वयन गर्न परिपत्र

शिक्षा तथा मानव विकास स्रोत केन्द्रले निजी विद्यालयको माध्यमिक तहसम्मको एक महिनाको शुल्क छुटको निर्णय तत्काल कार्यान्वयन गर्न स्थानीय तहलाई परिपत्र गरेको छ।
 |  शनिबार, चैत २९, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २९, २०७६

काठमाडौं- शिक्षा तथा मानव विकास स्रोत केन्द्रले निजी विद्यालयको माध्यमिक तहसम्मको एक महिनाको शुल्क छुटको निर्णय तत्काल कार्यान्वयन गर्न स्थानीय तहलाई परिपत्र गरेको छ।

National life

केन्द्रले कोभिड १९ का कारण प्रभावित क्षेत्रका लागि राहत सुविधासम्बन्धी निर्णय कार्यान्वयन गर्न महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई परिपत्र गरेको हो।

मन्त्रिपरिषद्को गत १६ गतेको बैठकले निजी विद्यालयलाई एक महिनाको शुल्क छुट दिने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयन गर्ने कार्ययोजनाअनुसार निजी विद्यालयले माध्यमिक तहसम्मको एक महिनाको शुल्कमध्ये आवास शुल्कबाहेक अन्य सबै प्रकारको शुल्क छुट दिने व्यवस्था गर्न परिपत्र गरिएको केन्द्रका निर्देशक गेहनाथ गौतमले जानकारी दिए।

केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा विकास समन्वय एकाइहरु, प्याब्सन, एनप्याब्सन र हिसानलाई कार्ययोजना कार्यान्वनका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको छ।

साथै केन्द्रले निर्णय कार्यान्वयनको प्रगति विवरण तत्काल केन्द्रमा पेस गर्न निर्देशन दिएको छ। निजी विद्यालयले चैत महिनाको शुल्क लिइसकेकाले केन्द्रले महिना नतोकी एक महिनाको शुल्क छुट गर्न परिपत्र गरेको हो। यो निर्णयअनुसार निजी विद्यालयले नयाँ शैक्षिक सत्र लागे पनि एक महिनाको शुल्क छुट दिनुपर्नेछ। केन्द्रले निर्देशन दिए पनि यतिबेला धेरै विद्यालय बन्द रहेका कारण शुल्क छुटकाे अनुगमन व्यावहारिक नभएकाे सराेकारवालाकाे गुनासाे छ।

Laxmi sunrise bank
kumari

यस्ताे छ परिपत्र

प्रकाशित: Apr 11, 2020| 12:25 शनिबार, चैत २९, २०७६
प्रतिक्रिया दिनुहोस्