मंगलबार, वैशाख २९, २०८३

भारतमा संक्रमण तेस्रो चरणमा पुगेको संकेत

भारतीय स्वास्थ्य मन्त्रालयले शनिबार विहान जारी गरेको तथ्यांक अनुसार भारतमा संक्रमितको संख्या ७ हजार ४४७ पुगेको छ।
 |  शनिबार, चैत २९, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २९, २०७६

भारतीय स्वास्थ्य मन्त्रालयले शनिबार विहान जारी गरेको तथ्यांक अनुसार भारतमा संक्रमितको संख्या ७ हजार ४४७ पुगेको छ।

National life

संक्रमितमध्ये २३९ को मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै १ हजार ३५ जनामा थप संक्रमणको पुष्टी भएको छ र ४० जनाको मृत्यु भएको छ। त्यसैगरी स्वास्थ्य उपचारपछि निको हुनेको संख्या ६४३ छ।

भारतमा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित क्रमशः महाराष्ट्र, तमिलनाडु, केरल र दिल्लीमा छन्।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को तथ्यांक अनुसार कोरोना भाइरस (कोभिड– १९) बाट यस्ता व्यक्तिमा पनि संक्रमण पाइएको छ जो कुनै यात्रामा गएका वा कुनै संक्रमित व्यक्तिको सम्पर्कमा पनि पुगेका थिएनन्।

यसले के देखाउँछ भने भाइरसको संक्रमण समुदायको स्तर अर्थात तेस्रो चरणमा पुगिसकेको छ। रोगको संक्रमण समुदाय स्तरमा पुग्यो भने त्यसको रोकथाममा हम्मेहम्मे पर्छ।

आईसीएमआरले २१ राज्यका ५२ जिल्लामा महामारी रोकथामका लाथि थप जोड लगाउनु पर्ने बताएको छ।

ताजा सरकारी आंकडा अनुसार अहिलेसम्म भारतमा करिब डेढ लाख नमुना परीक्षण गरिएको छ र परीक्षणलाई अझै तीव्र बनाइँदै छ। स्वास्थ्यमन्त्रालयले बिहीबार मात्रै १६ हजार नमुना परीक्षण गरिएको जनाएको छ।

परिवर्तित रणनीति अनुसार अब रोगको लक्षण देखिएकामा मात्र नभई संक्रमित व्यक्तिको सम्पर्कमा पुगेका र संक्रमणको आशंका भएका सबैको नमुना परीक्षण गरिनेछ।

यसैबीच पञ्जाव सरकारले लकडाउनको अवधि बढाएर ३० अप्रिलसम्म पुर्‍याएको छ। यसअघि ओडिसाले पनि ३० अप्रिल सम्म नै लकडाउन घोषणा गरिसकेको छ। 

प्रकाशित: Apr 11, 2020| 10:27 शनिबार, चैत २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।