मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • अध्यक्ष जोसेफकाे दबाबपछि बार्सिलोनाका ६ बोर्ड सदस्यकाे राजीनामा

अध्यक्ष जोसेफकाे दबाबपछि बार्सिलोनाका ६ बोर्ड सदस्यकाे राजीनामा

स्पेनिस क्लब बार्सिलोनाका ६ जना बोर्ड सदस्यले पदबाट राजीनामा दिएका छन्।
 |  शुक्रबार, चैत २८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २८, २०७६

स्पेनिस क्लब बार्सिलोनाका ६ जना बोर्ड सदस्यले पदबाट राजीनामा दिएका छन्।

उनीहरूलाई क्लबका अध्यक्ष जोसेप मारियोले राजीनामा गर्न दबाब दिएपछि राजीनामा बुझाएका हुन्।

सन् २०१५ बाट बार्सिलोनाका अध्यक्ष रहेका मारियोले केही दिनअघि मात्र राजीनामा गर्न दबाब दिएका थिए। उनले एमिली राउसाउड, एनरिके तोम्बास, सिल्भियो एलिभास र जोसेफ पोन्टलाई राजीनामा गर्न भनेका थिए। तर, क्लबका ४ नभइ ६ जनाले राजीनामा बुझाएका छन्।

राजीनामा दिनेमा उपाध्यक्ष एमिल रोउसान्ड र एन्रिक थोमस सहित निर्देशक सिल्भियो इलियास, मारिया तैजिडोर, जोसेफ पोन्त र जोडी क्लासामिग्लिया रहेका छन्।

क्लबका ६ जनाले संयुक्त राजीनामा पत्र लेख्दै फेयरवेलको स्टेटमेन्ट पनि जारी गरेका छन्। उनीहरूले यो राजीनामा क्लबका अध्यक्षलाई झपड सावित भएको पनि बताएका छन्। किनभने पाँच वर्षबाट अध्यक्ष पदमा रहेका बर्तमाउलाई बार्सिलोनाका दर्शकले रुचाएका छैनन्।

यता ६ जनाको राजीनामापछि बार्सिलोनाको क्लब बोर्डको स्ख्या १९ बाट घटेर १३ मा भएको छ।

विश्वमै महारमारीको रुप लिएको रहेको कोरोना संक्रमणपछिको भविष्यमा आउने महत्त्वपूर्ण चुनौती सामना गर्न क्लबको व्वयस्थापन ढाँचालाई परिवर्तन गर्न नसक्दा यो अवस्थामा पुगेको उनीहरूले जनाएका छन्।

विश्वभर फैलिएको कोरोनाको कारण बार्सिलोनाका कप्तान लियोनेल मेस्सीसहित सबै खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने निर्णय पनि गरेको थियो।

प्रकाशित: Apr 10, 2020| 16:48 शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।