शनिबार, फागुन ३०, २०८२

कोरोनाको उपचारमा मलेरियाको औषधि परीक्षण सुरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो औषधि कोरोना संक्रमित व्यक्तिलाई उपयोगी हुने दाबी गर्दै आएका छन्।
 |  शुक्रबार, चैत २८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २८, २०७६

वासिङ्टन डिसी - अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्युट(एनआईएच) ले मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्विनलाई कोरोना भाइरसको उपचारका लागि परीक्षण गर्न औपचारिक अनुमति दिएको घोषणा गरेको छ।

National life

दी हिलमा छापिएको एक रिपोर्टअनुसार टेनिसी राज्यको नेस्भिलस्थित भ्यान्डरबिल्ट विश्वविद्यालय मेडिकल सेन्टरमा क्लिनिकल परीक्षणमा सहभागी हुन एक जना कोरोना संक्रमित व्यक्तिले नाम लेखाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो औषधि कोरोना संक्रमित व्यक्तिलाई उपयोगी हुने दाबी गर्दै आएका छन्।

समाचार अनुसार क्लिनिकल परीक्षणमा सहभागी हुन चाहनेलाई पहिलो दिन दिनको दुई पटक ४०० एमजीको क्लोरोक्विन दिइनेछ। त्यसपछि दुईदेखि पाँच दिनसम्म २०० एमजी औषधि दिनको दुई पटक (आठ डोज) दिइनेछ।
बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी क्लोरोक्विन औषधि अमेरिकालाई आपूर्ति गर्न स्वीकार गरेकामा धन्यवाद दिएका थिए।
गत महिना अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले आपतकालीन अवस्थामा कोरोना संक्रमित बिरामीलाई पनि मलेरियाको औषधि दिन सकिने बताएको थियो। एनआईएच अमेरिकाको मेडिकल अनुसन्धान संस्था हो। -रासस

प्रकाशित: Apr 10, 2020| 14:05 शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।