बिहीबार, भदौ ४, २०८३

क्वारेन्टाइनमा बसेका सबै घर फिर्ता

कोरोना भाइरस संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएका पोखराका सबै जना घर फर्किएका छन्।
 |  शुक्रबार, चैत २८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २८, २०७६

पोखरा- कोरोना भाइरस संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएका पोखराका सबै जना घर फर्किएका छन्। परीक्षण गर्दा उनीहरुमा कोरोना नदेखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयले जनाएको छ।

सबैको स्वाब परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि घर फर्काइएको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए। क्वारेन्टाइनमा केही विदेशबाट आएका पनि थिए। फर्किएका सबै ७ दिनसम्म घरमै क्वारेन्टाइनमा बस्नुपर्नेछ।

गण्डकीमा पछिल्लो समय विदेशबाट आएका ४ हजार १ सय ४६ को स्वाब लिएर कोरोना परीक्षण गर्ने तयारी छ।  बिहीबारसम्म २ सय ८३ जनाको स्वाब परीक्षण भइसकेको छ। तीमध्ये २ जनामा मात्र संक्रमण देखिएको छ। बागलुङमा  उपचाररत उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ।

 

प्रकाशित: Apr 10, 2020| 09:35 शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।