शनिबार, फागुन ३०, २०८२

भारतको उडिसामा अप्रिलभर लकडाउन

एक महिनासम्म लकडाउन गर्ने उडिसा भारतको पहिलो राज्य बनेको छ।
 |  बिहीबार, चैत २७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २७, २०७६

नयाँदिल्ली- भारतको पूर्वी राज्य उडिसामा अप्रिलभर लकडाउन गरिएको छ। एक महिनासम्म लकडाउन गर्ने उडिसा भारतको पहिलो राज्य बनेको छ। शिक्षण संस्था जुन १७ सम्मका लागि बन्द गरिएको छ।

National life

मुख्यमन्त्री नवीन पटनायकले अप्रिलभर रेल र हवाई सेवा स्थगित गर्न केन्द्र सरकारसँग अपिल गरेका छन्। उनले भनेका छन्, 'कोरोना भाइरस मानव जातिलाई निकै संकटमा पारेको छ। यस्तो संकट यसअघि कहिल्यै देखिएको थिएन। हामीले साहसपूर्वक यसलाई जित्नुपरेको छ। हाम्रो प्रयास र भगवान् जगन्नाथको आशीर्वादले यो पूरा हुनेछ।'

खाद्य सुरक्षा सुनिश्चितताका लागि सामाजिक दुरीमा रहेर कृषि एवम् पशुपालनमा सक्रिय हुन राज्यले किसानहरुलाई आग्रह गरेको छ। यस्तै अत्यावश्यक सामग्री ओसारपसार सहज हुने बताइएको छ।  उडिसामा अहिलेसम्म कोरोना भाइरसबाट दुई जनाको मृत्यु भएको छ भने ४२ जनाका संक्रमण देखिएको छ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको ज्यान गएको छ। यस्तै ७७३ नयाँ संक्रमित थपिएका छन्। योसँग भारतमा १६६ को निधन भएको छ भने संक्रमितको संख्या ५७३४ पुगेको छ।

प्रकाशित: Apr 09, 2020| 17:41 बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।