शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बिल क्लिन्टन र मोनिका लेविन्स्कीबीचको संवाद रेकर्ड गर्ने महिलाको निधन

बिल क्लिन्टन र मोनिका लेविन्स्कीबीचको संवाद रेकर्ड गर्ने महिलाको निधन

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र ह्वाइट हाउसकी इन्टर्न मोनिका लेविन्स्कीबीचको संवाद गोप्य रुपमा रेकर्ड गरेर चर्चामा आएकी लिन्डा ट्रिपको ७० वर्षको उमेरमा बुधबार क्यान्सर रोगबाट निधन भएको छ । यही रेकर्ड काण्डका कारण क्लिन्टनविरुद्ध सन् १९९८ मा संसदमा महाभियोग लगाइएको थियो ।
 |  बिहीबार, चैत २७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २७, २०७६

National life
Laxmi sunrise bank
kumari

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र ह्वाइट हाउसकी इन्टर्न मोनिका लेविन्स्कीबीचको संवाद गोप्य रुपमा रेकर्ड गरेर चर्चामा आएकी लिन्डा ट्रिपको ७० वर्षको उमेरमा बुधबार क्यान्सर रोगबाट निधन भएको छ । यही रेकर्ड काण्डका कारण क्लिन्टनविरुद्ध सन् १९९८ मा संसदमा महाभियोग लगाइएको थियो ।

लिन्डाको मृत्युका बारेमा वकील जोसेफ मर्थाले जानकारी दिएका छन्। सन् १९९४ को अगस्टमा लिन्डा ट्रिप अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा सार्वजनिक मामिला विज्ञका रुपमा नियुक्त भएकी थिइन्। त्यहीबखत लेविन्स्की पनि ह्वाइट हाउसमा इन्टर्नका रुपमा कार्यरत थिइन् । त्यही सिलसिलामा दुबैबीच मित्रता कायम भएको थियो ।

ट्रिपले लेविन्स्कीसँगका गोप्य कुराहरु रेकर्ड गरेकी थिइन्। कुराकानीका क्रममा लेविन्स्कीले राष्ट्रपति क्लिन्टनसँग आफ्नो प्रेम सम्बन्ध रहेको बताउनु भएकी थिइन्। ट्रिपले लेविन्स्कीसँग गरेको २० घण्टाभन्दा बढी समयको टेप राष्ट्रपतिको मामिलाको अनुसन्धान गरिरहेका वकील केनेथ स्टारलाई दिएकी थिइन्। यही अनुसन्धानका आधारमा क्लिन्टनमाथि महाभियोग लागेको थियो ।

रासस

प्रकाशित: Apr 09, 2020| 17:00 बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।