मंगलबार, चैत १०, २०८२

फिफा वरीयतामा नेपाल १७०औं स्थानमै

फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७०औं स्थानमा रहँदै यथावत् स्थानमा रहन सफल भएको हो।
 |  बिहीबार, चैत २७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २७, २०७६

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल १७०औं स्थानमा रहेकाे छ।

National life

फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७०औं स्थानमै रहन सफल भएको हो। गत महिना पनि नेपाल १७०औं स्थानमै थियो ।

दक्षिण एसिसयाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ। नेपालभन्दा अगाडि भारत र माल्दिभ्स छन्। भारत १०८औं स्थानमा रहँदा माल्दिभ्स १५५औं स्थानमा छ । 

नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान छन्। भुटान १८९औं स्थानमा छ भने बांग्लादेश १८७औं स्थानमा छ । त्यसैगरी पाकिस्तान २००औं स्थानमा रहँदा श्रीलंका २०६औं स्थानमा छ।

नयाँ वरीताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो स्थानमा छ। त्यसैगरी ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा उरुग्वे पाँचौं स्थानमा छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 09, 2020| 16:35 बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।