बिहीबार, भदौ ४, २०८३

काठमाडौंबाट गाउँ फर्किन चाहनेलाई दुई दिनको अवसर

लकडाउनका कारण काठमाडौं छोड्न चाहेर पनि नसकिरहेका व्यक्तिलाई घर जान दिइने भएको छ।
 |  बिहीबार, चैत २७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २७, २०७६

काठमाडौं- लकडाउनका कारण काठमाडौं छोड्न चाहेर पनि नसकिरहेका व्यक्तिलाई घर जान दिइने भएको छ।

त्यसका लागि सरकारले भोलि र पर्सि (चैत २८ र २९ गते) घर जान दिने निर्णय गरेको हो।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले काठमाडौं छोड्न चाहने व्यक्तिहरुलाई घर जान दुई दिनकाे समय दिने निर्णय गरेको हो।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले काठमाडौं छोड्न चाहनेहरुलाई कसरी जान दिने र घरसम्म पुग्ने व्यवस्था कसरी गर्ने भन्नेबारे कार्यविधि बनाउन गृह मन्त्रालयलाई जिम्मेवारी दिएको छ।

प्रारम्भिक रुपमा दुई दिनका लागि प्रदान गरिएको यो अवसरमा सरकारले उच्च निगरानी गरी फर्किन चाहनेलाई सुरक्षित रुपमा फर्काउने तयारी गरिएको छ।

भोलि र पर्सि काठमाडौंबाट बाहिर जान दिइए पनि काठमाडौं भित्रिन भने कसैलाई दिइने छैन।

कसरी जान दिने, कसरी टिकट लिनेलगायतका विषयमा निर्णय लिन गृह मन्त्रालयले तयारी थालेको छ।

लकडाउनपछि काठमाडौंमा बस्न खान असजिलो भएका कतिपय व्यक्तिहरु टाढासम्मको गन्तव्यमा समेत हिँडेरै जान सुरु गरेका थिए।
भोकै बस्नुपर्ने वातावरण सिर्जना भएपछि कतिपयलाई काठमाडौं उपत्यकाको बसाई अप्ठेरो भइरहेको थियो।

प्रकाशित: Apr 09, 2020| 15:32 बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।