शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकामा स्यान्डर्सद्वारा राष्ट्रपति पदको उम्मेदवारी त्याग

अमेरिकामा स्यान्डर्सद्वारा राष्ट्रपति पदको उम्मेदवारी त्याग

आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्वउपराष्ट्रपति जो बाइडेनको उम्मेदवारी निश्चितझैं भएको छ।
 |  बिहीबार, चैत २७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २७, २०७६

वासिङ्टन – सिनेटर बर्नी स्यान्डर्सले अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवारी परित्याग गरेको घोषणा गरेका छन्।

National life

स्यान्डर्सको यो घोषणासँगै अमेरिकाको आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्वउपराष्ट्रपति जो बाइडेनको उम्मेदवारी निश्चितझैं भएको छ।

आगामी निर्वाचनमा बाइडेनको प्रतिस्पर्धा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारी दिन लागेका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुनेछ।

स्यान्डर्सले यसपटकको प्राइमरी चुनावका सुरुका दिनमा सन् २०१६ को झैं आममतदातामा व्यापक उत्साह जगाउने विश्वास गरिएको थियो । तर उनले प्रगतिशीलहरूको समर्थनलाई सशक्त रुपमा रूपान्तरण गर्न सकेनन्।

“चुनावमा विजयी हुने सम्भावना लगभग असम्भव देखियो,” स्यान्डर्सले समर्थकलाई बुधबार भने, “मनोनयनमा पर्ने केही सम्भावना देखिएको भए म अभियान जारी राख्ने थिएँ, तर अहिले त्यो सम्भव देखिएन ।”

Laxmi sunrise bank
kumari

उनले पार्टीका वरिष्ठ सदस्य बाइडेनलाई “अत्यन्तै सभ्य” व्यक्ति रहेको बताए। तर नले बाइडेनलाई स्पष्ट अनुमोदन भने गरेनन्। स्यान्डर्सले आफ्नो नाम चुनाव हुन बाँकी रहेका राज्यका मतपत्रमा अझै रहने बताए।

पार्टीका धेरैजसो वरिष्ठ सदस्यले समर्थन गरेका बाइडेनले बुधबार स्यान्डर्ससँग छोटो कुराकानी गरेको जानकारी दिए। बाइडेनले भने, “स्यान्डर्सले राजनीतिक अभियान मात्र चलाएनन्। उनले एउटा आन्दोलन नै सिर्जना गरे। हाम्रो राष्ट्र र हाम्रो भविष्यको लागि राम्रो चीज हो । ”

ट्रम्पले बुधबार ट्विट गरेर डेमोक्र्याट पार्टीभित्रको तनाब छताछुल्ला भएको टिप्पणी गरेका थिए। पार्टीले सिनेटर स्यान्डर्सविरुद्ध दौड नै खडा गरेको ट्रम्पले आरोप लगाए।

स्यान्डर्सले यसपटकको ह्वाइट हाउसको अभियानका क्रममा चार वर्षअघि हिलारी क्लिन्टनको विद्रोही विकल्पका रूपमा झैं समर्थन जुटाउन सक्नेमा आशंका गरिएको थियो। 

तर स्यान्डर्सले सशक्त चुनावी अभियान र रकमको बलियो समर्थन प्राप्त गरेका थिए। पहिलो पटकजस्तै उनले युवा मतदाताका साथै हिस्पानिक समुदायको समर्थन प्राप्त गरेका थिए। तर अफ्रिकी अमेरिकीहरूसँग उनको अपिल कमजोर देखिएको थियो। -एपी

 

प्रकाशित: Apr 09, 2020| 14:50 बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।