शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा पाँच हजारभन्दा बढीलाई कोरोना संक्रमण, एक सय ६६ को मृत्यु

भारतमा पाँच हजारभन्दा बढीलाई कोरोना संक्रमण, एक सय ६६ को मृत्यु

भारतमा कोरोना भाइरस रोग (कोभिड–१९)को संक्रमणबाट पाँच हजारभन्दा बढी प्रभावित भएका छन्।
 |  बिहीबार, चैत २७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २७, २०७६

भारतमा कोरोना भाइरस रोग (कोभिड–१९)को संक्रमणबाट पाँच हजारभन्दा बढी प्रभावित भएका छन्।

National life

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक सय ६६ पुगेको छ। यस्तै, कोरोना संक्रमितमध्ये चार सय ७२ जना उपचारपछि निको भएका छन्।

पछिल्लो दिनमा त्यहाँ तीव्ररूपमा संक्रमण फैलिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ। डब्ल्यूएचओका अनुसार पछिल्लो ९ दिनमा त्यहाँ चीन, अमेरिका, स्पेन, इरानलगायत मुलुकबाहेक बढी संक्रमण देखिएको छ।

भारतमा संक्रमितको मृत्युदर पनि बढी छ। त्यहाँ फ्रान्स, इरान, स्पेन, चीन र अमेरिकाभन्दा संक्रमण बढी देखिएको छ।

भारतमा कोरोना संक्रमणबाट महाराष्ट्र, तामिलनाडु, दिल्ली र उत्तरप्रदेश सबैभन्दा बढी प्रभावित छन्। महाराष्ट्रमा अहिलेसम्म एक हजार एक ३५ संक्रमित देखिएकोमा ७२ जनाको मृत्यु भएको छ।

Laxmi sunrise bank
kumari

यसैगरी तामिलनाडुमा सात सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा आठ जनाको ज्यान गएको छ। दिल्लीमा ६ सय ६९ जनामा संक्रमण देखिएको छ, जसमा नौ जनाको मृत्यु भएको छ।

उत्तर प्रदेशमा तीन सय ६१ जनामा भाइरसको संक्रमण देखिँएकोमा चार जनाको ज्यान गएको छ।

प्रकाशित: Apr 09, 2020| 14:46 बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।