भारत – भारतको मध्यप्रदेशस्थित इन्दौरमा कोरोनाका कारण एक डाक्टरको निधन भएको छ। कोरोना संक्रमितको उपचारमा खटिएका डा शत्रुधन पंजवानीको कोरोनाकै कारण ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
इन्दौरको रुपरामनगरमा बसोबास गर्ने डा पंजवानीमा कोरोनाको संक्रमण भेटिएपछि अस्पताल भर्ना गरिएको थियो। उनको बिहीबार बिहान अरविंदो अस्पतालमा मृत्यु भएको हो।
कोरोनाका कारण चिकित्सकको मृत्यु भएपछि त्यहाँका स्वास्थ्यकर्मीमा त्रासको वातावरण सिर्जना भएको छ। प्रशासनले भने उपचारमा संलग्न चिकित्सकहरुको विशेष ख्याल राखिरहेको बताएको छ।
इन्दौरमा कोरोना संक्रमितको संख्या २१३ पुगेको छ भने कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या २२ छ।