बिहीबार, भदौ ४, २०८३

कोरोना अपडेट : घटेको छैन मृत्युको शृंखला

अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार बिहीबार बिहानसम्ममा विश्वभर यो भाइरसबाट १५ लाख ११ हजार १ सय ४ जना संक्रमित छन्।
 |  बिहीबार, चैत २७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २७, २०७६

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८८ हजार ३ सय ३८ पुगेको छ।

अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार बिहीबार बिहानसम्ममा विश्वभर यो भाइरसबाट १५ लाख ११ हजार १ सय ४ जना संक्रमित छन्।

हिजो बुधबारसम्म मृतकको संख्या ८१ हजार २ सय ५० थियो भने १४ लाखको हाराहारीमा संक्रमित थिए। एकैदिनमा कोरोनाका कारण ७ हजारको ज्यान गएको छ भने एक लाखभन्दा बढी संक्रमित थपिएका छन्।

अहिले सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा छन्। त्यहाँ संक्रमितको संख्या ४ लाख ३० हजारभन्दा बढी छन् । मृतकको संख्या बिहीबार बिहानसम्ममा १४ हजार नाघेको छ।

इटालीमा १७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। अहिलेसम्म १ लाख ३९ हजार ४ सय २२ जनालाई संक्रमण भएको छ।

उता, स्पेनमा पनि डेढ लाखभन्दा बढी संक्रमित छन् भने मर्नेको संख्या १४ हजार नाघेको छ।

भारतमा पनि मृतकको संख्या डेढ सय पुगेको छ।

फ्रान्समा अप्रिल १५ सम्मको लागि लकडाउनको समय बढाइएको छ।

तुर्कमेनिस्तानमा पनि ८१२ जनाको मृत्यु भएको छ भने ३८ हजारभन्दा बढी संक्रमित छन्।

बेलायतमा बुधबार एकैदिन ९ सयभन्दा बढीको मृत्यु भयो। त्यहाँ मृतकको संख्या ७ हजार ९७ पुगेको छ।

प्रकाशित: Apr 09, 2020| 08:01 बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।