बिहीबार, भदौ ४, २०८३

दैनिक एक लाखभन्दा बढी कोरोना संक्रमित थपिँदै

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८८ हजार ३ सय ३८ पुगेको छ।
 |  बिहीबार, चैत २७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २७, २०७६

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८८ हजार ३ सय ३८ पुगेको छ। अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार बिहीबार बिहानसम्ममा विश्वभर यो भाइरसबाट १५ लाख ११ हजार १ सय ४ जना संक्रमित छन्।

हिजो बुधबारसम्म मृतकको संख्या ८१ हजार २ सय ५० थियो भने १४ लाखको हाराहारीमा संक्रमित थिए।

एकैदिनमा कोरोनाका कारण ७ हजारको ज्यान गएको छ भने एक लाखभन्दा बढी संक्रमित थपिएका छन्।

त्यसैगरी अस्ति मंगलबार मृतक र संक्रमितको संख्या क्रमशः ६९ हजार ३ सय ५० र १२ लाख ७२ हजार थियो।

अमेरिकामा संक्रमितको संख्या चार लाख ३० हजार नाघेको छ भने १४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

उता। इटालीमा मर्नेको संख्या १७ हजार नाघेको छ। स्पेनमा पनि मृतकको संख्या १४ हजारभन्दा बढी भइसकेको छ।

भारतमा ५ हजारभन्दा बढी संक्रमित छन् भने १४९ जनाको मृत्यु भएको छ।

 

प्रकाशित: Apr 09, 2020| 07:37 बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।