बिहीबार, भदौ ४, २०८३

अग्रवालको कूटनीतिक सुविधा खोसियो

अग्रवाल नेपालका लागि किर्गिस्तानका अवैतनिक दूत हुन्।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

काठमाडौं– कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवालको कूटनीतिक सुविधा खोसिएको छ।

आज परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै कूटनीतिक नम्बरको झण्डावाल गाडीमा गैरकानुनी काम भएको भन्दै तत्कालका लागि सुविधा खारेज गरेको जनाएको हो।

सुविधा खोसिएको जनाए पनि परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा अग्रवालको नाम उल्लेख छैन।

अग्रवाल नेपालका लागि किर्गिस्तानका अवैतनिक दूत हुन्।

ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका सञ्चालकसमेत रहेका अग्रवाल मंगलबार पक्राउ परेका थिए।

अग्रवालको धन्दासँगै तत्कालका लागि अन्य देशका अवैतनिक दूतहरूलाई दिइएको झण्डावाल निलो प्लेटको गाडी सुविधा पनि स्थगित गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित: Apr 08, 2020| 22:07 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।