बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउनमा पनि मेला चल्न दिने चार वडाध्यक्षसहित नौजना पक्राउ

लकडाउनमा पनि मेला चल्न दिने चार वडाध्यक्षसहित नौजना पक्राउ

लकडाउनको समयमा पनि बान्नीकी चैतली मेला सञ्‍चालन गरेको आरोपमा प्रहरीले बझाङमा ४ जना वडाध्यक्षसहित ९ जनालाई पक्राउ गरेको छ।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

लकडाउनको समयमा पनि बान्नीकी चैतली मेला सञ्‍चालन गरेको आरोपमा प्रहरीले बझाङमा ४ जना वडाध्यक्षसहित ९ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा छविसपाथीभेरा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष विकास अयडी, ३ का वडाध्यक्ष केशवराज जोशी, ४ का अध्यक्ष अमर थापा र ५ का वडाध्यक्ष लोकेन्द्र ठगुन्ना रहेको प्रहरीले जनाएको छ।

उनीहरुलाई बुधबार बेलुकी पक्राउ गरिएको र जिप्रकाको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नेत्र बोहराले जानकारी दिए। बोहोराका अनुसार पक्राउ पर्ने अन्यमा मेला व्यवस्थापन गरिरहेका बान्नी मष्टा मन्दिर संरक्षण समिति कोषाध्यक्ष राजेन्द्रबहादुर सिंह, बान्नी मष्टाका पुजारी नृपराज जोशी र जयकृष्ण जोशी छन् ।

यस्तै बान्नी मष्टा मन्दिरका फूलपाती सेवक डम्मर धामी, मन्दिरका रजवार इन्द्रबहादुर सिंह पनि पक्राउ परेका छन्।

वडाध्यक्षहरुले बान्नी मेलामा मानिसहरुको उपस्थिति रोक्न गाउँपालिकाले प्रयास गर्दागर्दै पनि स्थानीय स्वःस्फूर्त भेला भएको बताएका छन्।

प्रहरीले गाउँपालिकाका अध्यक्ष अक्कलबहादुर धामी र उपाध्यक्ष राधिका रतालाको पनि खोजिकार्य भैरहेको जनाएको छ।

 

प्रकाशित: Apr 08, 2020| 21:20 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।