शनिबार, फागुन ३०, २०८२

भारतमा १४९ को मृत्यु, लकडाउन बढ्न सक्छ : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा २१ दिनसम्म लगाइएको लकडाउन अझै बढ्न सक्ने बताएका छन्।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा २१ दिनसम्म लगाइएको लकडाउन अझै बढ्न सक्ने बताएका छन्। उनले बुधबार आयोजित सर्वदलीय भिडियो कन्फ्रेन्समा कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि २१ दिन पर्याप्त नभएको बताएका हुन्।

National life

भारतमा जारी लकडाउन आगामी १४ तारिख अर्थात् वैशाख २ गते सकिँदै छ। यद्यपि प्रधानमन्त्री मोदीले लकडाउनको अवधि बढाउने विषयमा विभिन्न राज्यका मुख्यमन्त्रीसँग छलफल गरेर निर्णय लिइने बताए। उनले केही मुख्यमन्त्री, जिल्ला प्रशासक र विशेषज्ञहरूले लकडाउनकाे समय बढाउन सल्लाह दिएकाे बताएका थिए।

भारतमा बुधबारसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ। यस्तै संक्रमितकाे संख्या ५१४९ पुगेकाे छ।
बैठकमा प्रधानमन्त्री मोदीले सरकारको मुख्य जिम्मेवारी नागरिकको जीवन बचाउनु रहेको बताए। उनले सामाजिक दुरी बढाउन र लकडाउन पालना गर्न भारतीय नागरिकले खेलेकाे भूमिकाकाे प्रशंसा गरेका छन्।

उनले भने, 'सरकारले कडा निर्णय गर्न विवश भएकाे छ। बदलिँदाे परिस्थितिमा नागरिकले पनि दैनिक व्यवहारमा परिवर्तनकाे प्रयास गर्नुपर्छ।'

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 08, 2020| 18:51 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।