बिहीबार, भदौ ४, २०८३

देशभर २३६६ नमुना परीक्षण, दायरा बढाइएको दाबी

सरकारले कोरोना भाइरस संक्रमण फैलिएको तीन महिना बित्दा बुधबारसम्म २३६६ नमुना परीक्षण गरेको छ।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

काठमाडौं- सरकारले कोरोना भाइरस संक्रमण फैलिएको तीन महिना बित्दा बुधबारसम्म २३६६ नमुना परीक्षण गरेको छ। जसमध्ये १९६५ टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा र ४०१ नमुना परीक्षण काठमाडौंबाहिर गरिएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले जानकारी दिएका हुन्।

उनले परीक्षणको दायरा फराकिलो बनाउँदै लगेको दाबी गरेका छन्। थप १८० नमुना परीक्षण भइरहेको उनले बताए। उनले मुलुकभरका विभिन्न ठाउँमा ८५८० जना क्वारेन्टाइनमा रहेको जानकारी दिए। काठमाडौंमा १२ जना र राजधानीबाहिर १२२ गरी १३४ जना क्वारेन्टाइमा छन्।

संक्रमित ८ जनाको उपचार डब्ल्यूएचओको मापदण्डअनुसार भइरहेको जानकारी प्रवक्ता देवकोटाले दिए। नेपालमा कोरोना संक्रमित ८ जनाको उपचार भइरहेको छ। तीमध्ये २ जना टेकुमा, दुई जना बागलुमा र ४ जना धनगढीमा उपचाररत छन्।

कोरोना नियन्त्रण तथा रोकथामका लागि ७७ वटै जिल्लामा संयन्त्र स्थापना भई कार्य सुरु भएको जानकारी प्रवक्ता देवकोटाले दिए। यस्तै उपचारका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि कार्यविधि तयार भई लागू भएको उनको भनाइ छ।

 

 

प्रकाशित: Apr 08, 2020| 17:31 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।