मंगलबार, असार ३०, २०८३

बटलरको जर्सी ६५ हजार पाउन्डमा लिलाम

एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा जोस बटलरले प्रयोग गरेको जर्सी लिलामी भएको छ।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

एजेन्सी- एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा जोस बटलरले प्रयोग गरेको जर्सी लिलामी भएको छ।

विश्वकप विजेतासमेत रहेको इंग्ल्यान्डका खेलाडी बटलरले लगाएको जर्सी ६५ हजार एक सय पाउन्डमा बिक्रि भएको हो।

बटलरले कोरोनाविरुद्धको अभियानमा सहयोग गर्नका लागि आफ्नो जर्सी लिलामी गरेको बताएका छन्। उनले लिलामीबाट आएको रकम एक अस्पतालका लागि सहयोग गर्ने बताएका छन्।

जर्सी लिलामीमा राखेपछि उनले रोयल ब्रम्प्टन र हारफिल्ड हस्पिटलका लागि कोष संकलन गर्न विश्वकप फाइनलमा लगाएको जर्सी लिलामीमा राखेको बताएका थिए।

उनले सामाजिक सञ्जाल ट्विटरमा ‘गत साता ती अस्पतालले जीवन रक्षाका उपकरण उपलब्ध गराउन आपतकालीन सहयोग माग गरेको’ बताएका थिए।

उक्त जर्सीको बढाबढमा ८२ जनाले बोली लगाएका थिए।

सर्तअनुसार जर्सीमा विश्वकप स्क्वाडमा रहेका सबै खेलाडीले हस्ताक्षर गरेका छन्।

विश्वकप फाइनलमा बटलरले स्ट्याम्पमा प्रहार गर्दै न्युजिल्यान्डका मार्टिन गुप्तिललाई रन आउट गराएका थिए। त्यससँगै फाइनल खेल सुपर ओभरमा लम्बिएको थियो।

सुपर ओभरमा न्युजिल्यान्डलाई हराउँदै इंग्ल्यान्डले पहिलोपटक एक दिवसीय विश्वकप जितेको थियो।

प्रकाशित: Apr 08, 2020| 16:47 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।