बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आइसोलेसन वार्डमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट नेगेटिभ

आइसोलेसन वार्डमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट नेगेटिभ

कारोना भाइरस संक्रमणको आशंकामा उपचार भइरहेका बेला बेला मृत्यु भएका कपिलवस्तुका ३० वर्षिय गोभर्धन धनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। तौलिहवास्थित जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेका बेला हिजो साँझ उनको मृत्यु भएको थियो।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

कारोना भाइरस संक्रमणको आशंकामा उपचार भइरहेका बेला मृत्यु भएका कपिलवस्तुका ३० वर्षिय गोभर्धन धनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। तौलिहवास्थित जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेका बेला हिजो साँझ उनको मृत्यु भएको थियो।

एक साता अगाडि बिरामी भएका उनी शुक्रबार साँँझ जिल्ला अस्पतालमा उपचारका लागि आएका थिए । उनी क्षयरोगको बिरामी भएको र त्यसैकारण मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले बताए ।

गाउँमै बिरामी भएका उनलाई सुरुमा बहादुरगञ्जको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर २ दिनपछि चन्द्रोटा लागिएको थियो । चन्द्रोटाबाट थप उपचारको लागि बुटवल लैजान भनिए पनि परिवारले आर्थिक समस्याको कारण नजिक पर्ने भन्दै जिल्ला अस्पताल तौलिहवा ल्याएको थियो ।

प्रकाशित: Apr 07, 2020| 21:42 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।