बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाको प्रतिकार्यका कर्णालीका स्थानीय तहलाई १३ करोड बजेट

कोरोनाको प्रतिकार्यका कर्णालीका स्थानीय तहलाई १३ करोड बजेट

सुर्खेत– कोरोना भाइरसको प्रतिकार्यका लागि कर्णाली प्रदेश सरकारले स्थानीय तहलाई १३ करोड रुपैयाँ बजेट दिने भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोनाको रोकथाम, नियन्त्रण, उपचार, राहात तथा आवश्यक व्यवस्थापन गर्नका लागि स्थानीय तहलाई रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

सुर्खेत– कोरोना भाइरसको प्रतिकार्यका लागि कर्णाली प्रदेश सरकारले स्थानीय तहलाई १३ करोड रुपैयाँ बजेट दिने भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोनाको रोकथाम, नियन्त्रण, उपचार, राहात तथा आवश्यक व्यवस्थापन गर्नका लागि स्थानीय तहलाई रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले कर्णालीका २५ नगरपालिकालाई २५ लाखका दरले ५ करोड र वीरेन्द्रनगर नगरपालिकालाई थप दश लाख गरी पाँच करोड १० लाख तथा ५४ गाउँपालिकालाई १५ लाखका दरले आठ करोड दश लाख रुपैयाँ दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।

‘क्वारेन्टाइन निर्माण, औषधि उपकरण खरिद र उद्धारका लागि स्थानीय तहलाई बजेट दिने निर्णय गर्यौँ,’ सरकारका प्रवक्ता केसीले भनिन्, ‘यही बजेटबाट विपन्न र दैनिक ज्यालादारी गर्ने मजदुरले पनि राहत पाउने छन् ।’ कोरोना सक्रमणबाट कर्णालीलाई बचाउन कुनै कसर बाँकी नराख्ने भन्दै मन्त्री केसीले भोक र रोगबाट नागरिकलाई मर्न नदिने बताइन् ।

यस्तै मन्त्रिपरिषद बैठकले लकडाउनलाई थप कडाई गर्ने र विभिन्न देशमा अलपत्र परेका नागरिकलाई उद्धार गर्न संघीय सरकारसँग माग गरेको छ ।

 

प्रकाशित: Apr 07, 2020| 20:21 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।