बिहीबार, भदौ ४, २०८३

अन्तर्राष्ट्रिय उडान १८ वैशाखसम्म बन्द

सरकारले अन्तर्राष्ट्रिय उडान १८ वैशाखसम्म बन्द गर्ने निर्णय गरेको छ।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

काठमाडौं– सरकारले अन्तर्राष्ट्रिय उडान १८ वैशाखसम्म बन्द गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले अन्तर्राष्ट्रिय उडान थप १५ दिन बन्द गर्ने निर्णय गरेको हो।

आन्तरिक उडानका विषयमा भने समितिको आजको बैठकले कुनै निर्णय लिएको छैन। यसअघिको निर्णयअनुसार ३ वैशाखसम्म अन्तर्राष्ट्रिय उडान बन्द गरिएको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीका अनुसार आजको बैठकमा आपूर्ति सहज बनाउने, आवागमनमा कडाइ गर्ने, स्वास्थ्य सामग्री खरिदका सम्बन्धमा सरकारले प्रचलित कानुनबमोजिम विशेष परिस्थितिमा अपनाइने कार्यविधिकै आधारमा खरिद गर्नेलगायत विषयमा छलफल भएको छ।

त्यस्तै बैठकले ‘जीटूजी’ मार्फत सेनाले छिटोभन्दा छिटो स्वास्थ्य सामग्री खरिद गर्ने, स्वास्थ्य सेवा विभागले प्रकृयागत रुपले खरिद गर्ने कामलाई कायम राख्ने र कुटनीतिक नियोगसँग समेत समन्वय गरेर स्वास्थ सामाग्रीहरु ल्याउने निर्णय पनि गरेको छ ।

विडारीका अनुसार राष्ट्रिय योजना आयोगले कोभिड–१९ को संक्रमणका कारण अर्थतन्त्रमा पर्ने असरको विषयमा अध्ययन गरिरहेको छ।

सरकारले हालसम्म १ लाख १४ हजार ३१६ परिवारलाई राहत वितरण गरेको र ३० हजार ५०० जना क्वारेन्टाइनमा रहेको पनि विडारीले बताए।

सरकारले देशैभर १ हजार ९३९ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने पनि जनाइएको छ।

 

प्रकाशित: Apr 07, 2020| 19:09 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।