बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाको आशंकामा देशभर २२ सयभन्दा बढीकाे नमुना परीक्षण, कुन प्रदेशमा कति ?

कोरोनाको आशंकामा देशभर २२ सयभन्दा बढीकाे नमुना परीक्षण, कुन प्रदेशमा कति ?

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा देशभर दुई हजार दुई सय ३५ जनाको स्वाब नमुना परीक्षण गरिएको छ।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा देशभर दुई हजार दुई सय ३५ जनाको स्वाब नमुना परीक्षण गरिएको छ।

तीमध्ये दुई हजार एक सय ७३ जनाको परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ भने ९ जनामा मात्रै संक्रमण पुष्टि भएको छ।

देशभर बाग्मती प्रदेशमा सबैभन्दा बढी एक हजार आठ सय ७४ जनाको स्वाब नमुना परीक्षण गरिएको छ। यस्तै, प्रदेश १ मा ६५, प्रदेश २ मा १०३, बाग्मतीमा एक हजार आठ सय ७४, गण्डकीमा एक सय ६, प्रदेश ५ मा १४, कर्णालीमा ५६ र सुदूरपश्चिममा १८ नमुनाको रिपोर्ट आइसकेको त्यहाँस्थित अस्पतालले जनाएका छन्।

देशका सात प्रदेशका १० ठाउँमा कोरोना भाइरस संक्रमणको नमुना परीक्षण भइरहेको छ।

प्रदेश १ मा ६५ जनाको रिपोर्ट सार्वजनिक, संक्रमित भेटिएनन्

प्रदेश १ मा मंगलबार बेलुकासम्म ८३ जनाको नमुना संकलन गरिएकोमा ६५ को रिपोर्ट नेगेटिभ देखिएको छ। १८ को नतिजा आउन बाँकी रहेको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

यहाँ दैनिक २० जनाको नमुना परीक्षण र ८० जनाको प्रोसेस्ड भएको स्वाब परीक्षण गर्न सकिने प्रतिष्ठानका प्रवक्ता डा. अशोक ऐरले जानकारी दिए।

प्रदेश २ मा १०३ को रिपोर्ट नेगेटिभ, १६ को आउन बाँकी

प्रदेश २ मा एक सय १९ जनाको स्वाबको नमुना संकलन गरिएकोमा १०३ को रिपोर्ट नेगेटिभ देखिएको छ। १६ जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ।

जनकपुर प्रादेशिक अस्पतालमा मंगलबार ६ जनाको नमुना जाँचका लागि पठाइएको छ। उक्त नमुनाको रिपोर्ट आउन सकेको छैन।

बाग्मतीमा एक हजार आठ सय ७४ को नमुना परीक्षण, नौ जनामा संक्रमण पुष्टि

बाग्मतीमा देशभर सबैभन्दा बढी एक हजार आठ सय ७४ स्वाबको.नमुना परीक्षण गरिएको छ। यहाँ काठमाडौं, चितवन, मकवानपुर र काभ्रे गरी चार स्थानमा स्वाब नमुना परीक्षण भइरहेको छ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंगलबार दिउँसोसम्म एक हजार ७ सय ९६ नमुना परीक्षण गरिएकोमा नौं जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। तीमध्ये एक जना उपचारपछि निको भएर घर फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, चितवनको भरतपुरस्थित राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालामा २१ नमुना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको प्रवक्ता कृष्णसागर शर्माले जानकारी दिए।

मकवानपुरको हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा मंगलबार दिउँसोसम्म ४० नमुना परीक्षण भएकोमा सबै नेगेटिभ देखिएको छ।

बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीले तालिम केन्द्रमा आज (मंगलबार) १५ नमुनाको परीक्षण जारी रहेको जानकारी दिए।

काभ्रेको धुलिखेल अस्पतालमा अहिलेसम्म १७ जनाको नमुना परीक्षण गरिएकोमा संक्रमण नदेखिएको कोभिड–१९ का फोकल पर्सन डा. सुमन ताम्राकारले जानकारी दिए।

गण्डकीमा ५० जनाकै रिपोर्ट सार्वजनिक, सबै नेगेटिभ

गण्डकी प्रदेशमा मंगलबार बिहानसम्म ५४ जनाको नमुना संकलन गरिएकोमा ५० जनाको रिपोर्ट नेगेटिभ देखिएको छ। बाँकी चार जनाको रिपोर्ट आउन बाँकी रहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।

प्रदेश ५ मा ३१ नमुना संकलन, १४ को मात्रै रिपोर्ट आयो

प्रदेश ५ मा मंगलबार बेलुकासम्म ३१ जनाको नमुना संकलन गरिएको छ। तीमध्ये १४ जनाको रिपोर्ट आएकोमा सबै नेगेटिभ देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्रकुमार गिरीले जानकारी दिए। बाँकी १७ जनाको रिपोर्ट आउन बाँकी छ।

कर्णालीमा भेटिएनन् संक्रमित

कर्णालीमा मंगलबार बेलुकासम्म ५६ नमुना परीक्षण गरिएको छ। तीमध्ये कसैलाई पनि संक्रमण नदेखिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारीले जानकारी दिइन्।

सुदूरपश्चिममा पनि सबै रिपोर्ट नेगेटिभ

सुदूरपश्चिममा कोरोना भाइरस संक्रमणको नमुना परीक्षण गरिएका सबै रिपोर्ट नेगेटिभ देखिएको छ। सेती प्रादेशिक अस्पतालको आकस्मिक विभागका प्रमुख डा. जगदीश जोशीले सोमबार साँझसम्म नमुना परीक्षण गरिएका १८ जनामध्ये संक्रमित नभएको जानकारी दिए।

सुदूरपश्चिमका चार संक्रमितको भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गरिएको थियो। अहिले उपचाररत रहेका सबै संक्रमितको अवस्था सुधारोन्मुख रहेको डा. जोशीले बताए।

कुन प्रदेशमा कति ?

 

 

प्रकाशित: Apr 07, 2020| 18:25 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।