बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश–२ मा दिल्लीको धार्मिक सभाबाट आएका २७ जना, अधिकांशको रिपोर्ट नेगेटिभ

प्रदेश–२ मा दिल्लीको धार्मिक सभाबाट आएका २७ जना, अधिकांशको रिपोर्ट नेगेटिभ

जनकपुरधाम– भारतको नयाँ दिल्लीमा भएको मुस्लिमहरुको धार्मिक भेलामा सहभागी भएर प्रदेश २ मा मात्रै २७ जना फर्किएको तथ्यांक सार्वजनिक भएको छ। नयाँ दिल्लीस्थित निजामुद्दिनमा भएको मुस्लिम समुदायको धार्मिक भेलाबाट २४ जना र स्थान नखुलेको अर्को भेलाबाट तीन जना प्रदेश २ मा आएका हुन्।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

जनकपुरधाम– भारतको नयाँ दिल्लीमा भएको मुस्लिमहरुको धार्मिक भेलामा सहभागी भएर प्रदेश २ मा मात्रै २७ जना फर्किएको तथ्यांक सार्वजनिक भएको छ। नयाँ दिल्लीस्थित निजामुद्दिनमा भएको मुस्लिम समुदायको धार्मिक भेलाबाट २४ जना र स्थान नखुलेको अर्को भेलाबाट तीन जना प्रदेश २ मा आएका हुन्।

सो भेलामा सहभागी भएर फर्किएका मध्ये रौतहट जिल्लाबाट १४ र बाराबाट १० जना पहिचान भएको प्रदेश सरकारले जनाएको छ ।

यसैगरी, २४ गते सप्तरीबाट नियन्त्रणमा लिइएका पाँच जनामध्ये तीन जना मुस्लिम समुदायको धार्मिक भेलाबाट आएको बताइएको छ । तर, उनीहरु पनि दिल्लीबाटै आएको भन्ने कुरा स्पष्ट भएको छैन। मुस्लिम भेलाबाट आएका तथा लुकिछिपी प्रदेशमा बसिरहेकाहरुको खोजी भइरहेको प्रदेश सरकारले जनाएको छ।

प्रदेश–२ सरकार सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेका अनुसार बारा र पर्साका २४ जनाकै स्वाब परीक्षण भइसकेको छ। उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ। सप्तरीबाट नियन्त्रणमा लिइएकाहरुलाई क्वारेनटाइनमा राखिएको छ।

मंगलबार मिडिया ब्रिफिङका क्रममा सचिव घिमिरेले प्रदेश दुईमा हालसम्म १ सय ३ जनाको स्वाब पीरक्षण गरिएको जानकारी दिएका छन्। सबैको रिपोर्ट नेगेटिभ आएको उनले जनाए।

हालसम्म प्रदेश २ का ८ वटै जिल्लामा ४२ जना महिला र ८९४ जना पुरुष गरी ९ सय ३६ जना क्वारेनटाइनमा छन्। यसैगरी १२ सय १३ जना होम क्वारेनटाइनमा रहेका छन् भने जम्मा २२ जना आइसोलेसनमा रहेका छन्। प्रदेश २ मा आइसोलेसन बेडको संख्या २०८ रहेको छ।

प्रदेश नम्बर २ अन्तर्गत भारतसँग सीमा जोडिएका १०९ वटै नाकाहरु पूर्ण रुपमा बन्द रहेका छन्। अतिआवश्यक सामग्रीहरुको आयात तथा निर्यातलाई निर्वाध रुपमा चल्न दिने नेपाल सरकारको निर्देशनअनुरुप पर्सा जिल्लामा रहेका विभिन्न भन्सारबाट मालवाहक सवारीका साधनहरु नेपाल भित्रिरहेका छन्।

जसअनुरुप चैत २४ गते पर्सा जिल्लास्थित एकीकृत भन्सार जाँचचौकीबाट १ सय ६४ वटा मालवाहक सवारीसाधन नेपाल भित्रिएका छन् भने १ सय ७ वटा खाली सवारीसाधन भारत गएका छन् । त्यसैगरी पर्सामै रहेको मूल भन्सार इनरुवा नाकाबाट तरकारी र फलफूल बोकेका ९ वटा मालवाहक सवारीसाधन नेपाल भित्रिएका र नेपालबाट ८ वटा खाली सवारीसाधन भारत गएका छन् ।

प्रकाशित: Apr 07, 2020| 17:22 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।