काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कुवेतमा रहेका नेपालीहरुको अवस्था बुझेका छन्। उनले मंगलबार कुवेतका प्रधानमन्त्रीलाई टेलिफोन सम्पर्क गरी त्यहाँ रहेका नेपाली कामदारको अवस्था बुझेका हुन्।
संवादका क्रममा कुवेतका प्रधानमन्त्रीले नेपालीहरुको सुरक्षामा खुला दिलले सहयोग गर्ने र उनीहरुलाई कुनै पनि अप्ठ्यारोमा पर्न नदिने प्रतिवद्धता व्यक्त गरेका प्रधानमन्त्री ओलीले जानकारी दिएका छन्।
पछिल्लो समय प्रधानमन्त्री ओलीले नेपालीको बसोबास रहेका तथा कामदारका रुपमा नेपाली गएका विभिन्न मुलुकका राष्ट्र प्रमुखहरुलाई टेलिफोन सम्पर्क गरी नेपालीको सुरक्षा र स्वास्थ्य स्थितीका बारेमा चासो राखिरहेका छन्।