बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउनमा प्रहरीबाट कुटिए किसान, प्रहरी भन्छ– सरकारको निर्देशन पालना गरेका हौँ

लकडाउनमा प्रहरीबाट कुटिए किसान, प्रहरी भन्छ– सरकारको निर्देशन पालना गरेका हौँ

पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको ढल्केबरमा गत शुक्रबार स्थानीय किसानहरु आफ्नो खेतबारीमा लगाएको तरकारी आ–आफ्नै घरअगाडि बेच्दै थिए। हुनुपर्ने जति व्यवस्थित नभए पनि उनीहरुले दूरी कायम गरेर तरकारी बेच्दै थिए।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

जनकपुरधाम– पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको ढल्केबरमा गत शुक्रबार स्थानीय किसानहरु आफ्नो खेतबारीमा लगाएको तरकारी आ–आफ्नै घरअगाडि बेच्दै थिए। हुनुपर्ने जति व्यवस्थित नभए पनि उनीहरुले दूरी कायम गरेर तरकारी बेच्दै थिए।

अचानक राजमार्गमा हुइँकिदै आयो नेपाल प्रहरीको एउटा गाडी । गाडीबाट ओर्लिएर प्रहरी जवानहरुले किसानमाथि अन्धाधुन्ध लाठी प्रहार गर्न थाले। बेच्न राखेको तरकारी फालिदिए। कतिपय किसानको ढकतराजु बीच सडकमा ल्याएर छोडिदिए। प्रहरीले लाठी हानेपछि किसानहरुबीच भागाभाग भयो।

प्रहरीको गतिविधिको भिडियो खिचिरहेका स्थानीय युवकले पनि कुटाइ खाए। मोबाइल पनि प्रहरीले खोसेर लग्यो।

घटनाबारे जिज्ञासा राख्दा ढल्केबर इलाका प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर तिर्थकुमार कार्कीले प्रहरीले सामान्य लाठी चार्ज गरेको स्वीकार गरे। भीड व्यवस्थित गर्नुपर्ने आफूहहरुको बाध्यता रहेको पनि उनले सुनाए।

स्थानीयले भने प्रहरीले सोधपुछसमेत नगरी लाठीचार्ज गरेको बताएका छन्। स्थानीय रामदयाल सदाले गहुँ काट्न हिँडेका किसान पनि कुटिएको बताए। सरकारको तर्फबाट स्पष्ट निर्देशिका जारी नहुँदा स्थानीय स्तरमा खटेका प्रहरीले कर्फ्युको समयमा जस्तै सर्वसाधारणलाई कुटपिट गर्ने गरेको उनको आरोप छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामेश्वर कार्की गृह मन्त्रालयबाट आएको निर्देशन प्रहरीले पालना गरेको बताउँछन्। कतिपय स्थानमा कमजोरी हुन सक्ने स्वीकार गर्दै उनले भने, ‘सुरुमा पठाइएको निर्देशिका पालना गर्दैछौं। त्यसपछि कुनै निर्देशिका आएको छैन।’ तर, डीएसपी कार्कीले कुटपिटको विषयलाई अस्वीकार गरे।

गृह मन्त्रालयको निर्देशिका अनुसार स्थानीय बजारहरु जनप्रतिनिधिले व्यवस्थित गर्नुपर्छ । तर, जनप्रतिनिधि सक्रिय नहुँदा कतिपय स्थानमा बजार अव्यवस्थित भएको र प्रहरीले बल प्रयोग गरेको देखिन्छ।

यस्तै घटना केही समयअघि सप्तरीमा पनि भएको थियो। खाद्य सामग्री ल्याइरहेका दुई युवालाई प्रहरीले कुटपिट गरेका थिए। कुटपिट गर्ने प्रहरी कारबाहीमा परेका छन्।

उता, वीरगञ्जमा पनि प्रहरी र मुस्लिम समुदायबीच भएको विवाद हेर्दै गरेका बालकहरुमाथि लाठीचार्ज भएको थियो।

कैलालीको नरैनापुरमा पनि प्रहरीले ज्यादती गर्दा स्थानीयले विरोध गरेका थिए। स्थानीय कृष्ण गोजिहारका अनुसार सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिहरुले लकडाउनको समयमा बजार व्यवस्थापन गर्न नसक्दा समस्या भएको छ।

खेतीकिसानी गर्नेहरुलाई समस्या भएको बताउँदै गोजिहारले भने, ‘सरकारले खेतबालीको अन्न काट्न र भित्र्याउन रोकेको छैन। तर, प्रहरीले त्यस विषयलाई गम्भीरतापूर्वक नलिँदा समस्या भएको हो।’ अनुगमन गर्ने संयन्त्र नहुुँदा प्रहरीबाट अधिक बल प्रयोग भएको उनको भनाइ छ।

खेतमा रहेको गहुँ लगायत अन्न बाली भित्र्याउने वा के गर्ने भन्ने विषयमा किसानमा अन्योल देखिन्छ। जसकारण तराई–मधेशका अधिकांश जिल्लामा खेतमा पाकेको गहुँ, रहरीलगायत अन्न भित्र्याउन किसानलाई समस्या भइरहेको छ।

प्रकाशित: Apr 07, 2020| 15:10 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।