काठमाडौं- जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन्।
ज्वरो नाप्ने यन्त्रको कालोबजारीको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई नक्सालबाट पक्राउ गरेको हो।
ज्वरो नाप्ने थर्मल गनको बजार मूल्य पाँच हजार रहे पनि १५ हजारमा बिक्रि गरेको पाइएपछि पक्राउ गरेको महाशाखाले जनाएको छ।