बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वाब संकलन गर्न सेनाको हेलिकप्टर स्वास्थ्यकर्मीसहित अछाम पुग्यो

स्वाब संकलन गर्न सेनाको हेलिकप्टर स्वास्थ्यकर्मीसहित अछाम पुग्यो

कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षणको लागि स्वाब संकलन गर्न नेपाली सेनाको हेलिकप्टरमा स्वास्थ्यकर्मीको टोली अछाम पुगेको छ।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

अछाम - कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षणको लागि स्वाब संकलन गर्न नेपाली सेनाको हेलिकप्टरमा स्वास्थ्यकर्मीको टोली अछाम पुगेको छ।

आइसोलेसनमा रहेका तथा जिल्ला बाहिरबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलनका लागि टोली अछाम आइपुगेको हो। कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो भएका व्यक्तिहरुको स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं लगिने बताइएको छ।

टोलीले सुरुमा बयालपाटा अस्पतालमा क्षेत्र नं. १ अन्तर्गतका स्थानीय तहका हालै भारतबाट भित्रिएका कोरोना संक्रमणको आशंका गरिएकाहरुको स्वाब संकलन गरेको अस्पतालका निर्देशक डाक्टर बिकास गौचनले जानकारी दिए। कोरोनाको सम्भावित संक्रमणको आशंका गरिएका स्थानीय तहबाट सिफारिस गरिएका करिब ५० जनाको नमुना स्वाब संकलन गरिने बताइएको छ।

बयालपाटा अस्पतालमा नमुना संकलन पश्चात टोलीले आजै मंगलसेन र कमलबजारमा पनि नमुना स्वाब संकलन गर्ने र साँझ काठमाडौं फर्किने छ। स्वाबको रिपोर्ट ३ दिन भित्र आइसक्ने टोलीले जनाएको छ।

प्रकाशित: Apr 07, 2020| 14:36 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।