बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना रोकथाम कोषमा संघीय संसद सचिवालयको एक करोड (कसले कति ? सूचीसहित)

कोरोना रोकथाम कोषमा संघीय संसद सचिवालयको एक करोड (कसले कति ? सूचीसहित)

संघीय संसद सचिवालयले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस केन्द्रीय राहत कोषमा पहिलो चरणमा आज एक करोड रुपैयाँभन्दा बढी रकम जम्मा गरेको छ ।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

संघीय संसद सचिवालयले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस केन्द्रीय राहत कोषमा पहिलो चरणमा आज एक करोड रुपैयाँभन्दा बढी रकम जम्मा गरेको छ ।

सचिवालयले महालेखा नियन्त्रकको कार्यालय मार्फत आज १ करोड १ लाख ३२ हजार ८ सय रुपैयाँ कोषमा पठाएको सचिवालयका प्रमुख लेखा नियन्त्रण बसन्तराज सिग्देलले जानकारी दिए ।

आज पठाईएको रकम प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटा, राष्टिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहालले यस अघि घोषणा गरेको एक महिनाको पारिश्रमिक बराबरको रकम हो ।

यस्तै नेकपा संसदीय दलका १ सय ९५ जना सांसदको आधा महिनाको तलब बराबरको रकम, नीजि सचिवालय, स्थायी तथा करार कर्मचारीका तर्फबाट गरिएको योगदाकनको रकम पनि पठाईएको छ ।

पहिलो चरणमा संघीय समाजवादी फोरमका सांसद प्रदिप यादव र राष्टिय जनमोर्चाकी सांसद दुुर्गा पौडेलको एक महिना बराबरको तलब पनि कोषमा पठाइएको छ ।

संघीय संसद सचिवालयका अनुसार बाँकी सांसदहरुले कोषमा गरेको राहत रकम भने अर्को महिना जम्मा हुनेछ।

कसले कति ?

 

प्रकाशित: Apr 07, 2020| 14:17 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।