बिहीबार, भदौ ४, २०८३

तेस्रो चरणको लकडाउन कार्यान्वयनमा प्रशासनको कडाइ

जनकपुरधाम– तेस्रो चरणको ‘लकडाउन’ कार्यान्वयन गराउन जनकपुरमा सुरक्षाकर्मीले थप कडाइ गरेको छ । दोस्रो चरणको ‘लकडाउन’ केही खुकलो देखिएपछि स्थाय प्रशासनले तेस्रो चरणको ‘लकडाउन’ कार्यान्वयन गराउन कडाइ गरेको हो ।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

जनकपुरधाम– तेस्रो चरणको ‘लकडाउन’ कार्यान्वयन गराउन जनकपुरमा सुरक्षाकर्मीले थप कडाइ गरेको छ । दोस्रो चरणको ‘लकडाउन’ केही खुकलो देखिएपछि स्थाय प्रशासनले तेस्रो चरणको ‘लकडाउन’ कार्यान्वयन गराउन कडाइ गरेको हो ।

मंगलबार अपरान्हसम्म प्रहरीले जनकपुरबाट ‘लकडाउन’अवज्ञा गरेर चलाइएका १०६ सवारी साधन नियन्त्रणमा लिएको छ । ‘लकडाउन’को अवधिमा बिनाकारण सञ्चालन गरेका पाइएपछि जनकपुरको विभिन्न स्थानबाट यति संख्यामा सवारी साधनहरु नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यसैगरी ‘लकडाउन’अवज्ञा गरेको भन्दै प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

बन्द भयो जनकपुरको तरकारी बजार

‘लकडाउन’को अवधिमा जनकपुरको रेलवे स्टेशननजिक सञ्चालन भइरहेको तरकारी बजार बन्द गरिएको छ । भीडभाड बढेपछि व्यापकआलोचना हुँदा स्थानीय प्रशासनले मंगलबारदेखि तरकारी बजार बन्द गराएको हो ।

सामाजिक दूरीको ख्यालै नगरी तरकारी बजार सञ्चालन भएपछि कोरोना संक्रमणको जोखिम रहेको भन्दै स्थानीय प्रशासनको चर्को आलोचना भएको थियो ।

भीडभाड धेरै भएपछि रेलवे स्टेशननजिकको तरकारी बजार बन्द गराइएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । ‘आमनागरिकलाई सुविधा होस् भनेर तरकारी बजार सञ्चालन गर्न अनुमति दिएका थियौं, तर अव्यवस्थित भयो, भीडभाड बढेर सामाजिक दूरी पालना भएन, त्यसैले बन्द गर्न लगाएका छौं,’ निरौलाले भने ।

‘लकडाउन’कार्यान्वयन गराउन केही हदसम्म सहरी क्षेत्रमा कडाइ भएपनि ग्रामीण क्षेत्रमा भने अझै खासै असर पर्न सकेको छैन । जनकपुर वरिपरि ग्रामीण क्षेत्रहरुमाअझै हाटबजार खुलेआम रुपले लाग्दै आइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी निरौलाले ग्रामीण क्षेत्रमा पनि कडाइ गर्ने प्रयास भइरहेको बताए । ‘ग्रामीण क्षेत्रबारे हामीलाई पनि जानकारी आएको छ,’ उनले भने, ‘प्रहरी पनि पुग्ने गरेको छ । प्रहरी जाँदा सबै भाग्छन्, प्रहरी फर्कदा फेरी सबै जम्मा हुन्छन् । लकडाउन आफ्नै सुरक्षाको लागि हो भनेर सबैले बुझिदिनु पर्यो ।’

 

 

प्रकाशित: Apr 07, 2020| 13:42 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।