बिहीबार, भदौ ४, २०८३

बयलपाटा अस्पताललाई कुवरको ५० हजार सहयोग

समाजसेवी कृष्ण कुवरले कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक उपकरण खरिद गर्न अछामको बयलपाटा अस्पताललाई ५० हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन्।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

अछाम - समाजसेवी कृष्ण कुवरले कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक उपकरण खरिद गर्न अछामको बयलपाटा अस्पताललाई ५० हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन्।

सरकारले ७ वटै प्रदेशमा रहेका प्रादेशिक अस्पतालसहित देश भरका ८५ वटा अस्पताललाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रण अस्पताल तोके पनि बयलपाटा अस्पताललाई नसमेटेपछि कुवरले व्यक्तिगत पहलमा उपकरण खरिदका लागि आर्थिक अभियान संचालन गरेका छन्।

बयलपाटा अस्पतालमा दर्जनौं विशेषज्ञसहित दक्ष जनशक्ति र पर्याप्त भौतिक पूर्वाधार भएर पनि राज्यले कोरोनाको रोकथाम तथा उपचारका लागि छनौट नगरेपछि आवश्यक सामाग्री खरिदका लागि आर्थिक अभियान चलाएको कुवरले बताए। कोरोनाको उपचारलागि भेन्टिलेटर, कोरोना परीक्षण मेसिन र डाक्टरले प्रयोग गर्ने किट्स खरिदका लागि सबैलाई सक्दो सहयोग गर्न कुवरले अनुरोधसमेत गरेका छन्।

कोरोना भाइरसको संभावित जोखिमलाई मध्यनजर गर्दै सरकारको मुख मात्र ताकेर बस्नु भन्दा पनि नागरिकस्तरबाट केही काम गर्नुपर्ने आवश्यकता महसुस भएको कुवरले बताए। न्यायहेल्थ र सरकारको संयुक्त साझेदारीमा संचालित बयलपाटा अस्पतालमा दैनिक ४/५ सयको निःशुल्क उपचार हुँदै आएको छ। अस्पतालले अछामवाहेक बाजुरा, डोटी, बझाङ्ग, दैलेख, कालिकोट, हुम्ला र जुम्लाका जनतालाई प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा दिइरहेको छ।

प्रकाशित: Apr 07, 2020| 13:36 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।