बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ : मुख्यमन्त्री राहत कोषमा एक करोडभन्दा बढी रकम जम्मा

प्रदेश २ : मुख्यमन्त्री राहत कोषमा एक करोडभन्दा बढी रकम जम्मा

 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

जनकपुरधाम– कोरोना महामारी नियन्त्रण गर्न प्रदेश २ सरकारले स्थापना गरेको मुख्यमन्त्री राहत कोषमा एक करोडभन्दा बढी रकम जम्मा भएको छ । राहत कोषमा सहयोग गर्ने अधिकांश बैंकहरु छन् भने राजनीतिक दलमा नेपाली कांग्रेसबाहेक अन्य कुनै दलले राहत कोषमा सहयोग गरेको छैन ।

नेपाली कांग्रेसले सोमबार मुख्यमन्त्री राहत कोषमा ४० लाख ७५ हजार रुपैयाँ सहयोग गरेको छ । प्रदेश २ स्थित आठवटै जिल्ला कार्यसमिति मार्फत कांग्रेसलाई यो रकम सहयोग गरेको हो । यसबाहेक कांग्रेसको प्रदेश २ संसदीय दलले मुख्यमन्त्री राहत कोषमा सबै प्रदेश सांसदले १० दिनको तलब दिने निर्णयसमेत गरेको छ ।

यसैगरी एनसीसी बैंकले पाँच लाख, लक्ष्मी बैंकले १० लाख, सिभिल बैंकले ५ लाख, मेगा बैंकले ५ लाख र गण्डकी विकास बैंकले ४ लाख सहयोग गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री राहत कोषमा कुमारी बैंकले १० लाख, माछापुच्छ«े बैंकले १० लाख, नेपाल बैंक लिमिटेडले ५ लाख, सिटिजन्स बैंकले ७ लाख र कृषि विकास बैंकले १० लाख रुपैयाँ सहयोग गरेको छ ।

भाटभटेनी सुपर मार्केटले राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेपनि हालसम्म रकम जम्मा नभएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित: Apr 07, 2020| 12:19 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।