बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मिडिया र सामाजिक सञ्‍जालको प्रचारबाजी बेमौसमी बाजा : प्रधानमन्त्री

मिडिया र सामाजिक सञ्‍जालको प्रचारबाजी बेमौसमी बाजा : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल देखाएर निहीत स्वार्थ पूर्तिका लागि मिडिया र सामाजिक सञ्जालमा प्रचारबाजी गरिएको भन्दै असन्तुष्टि जनाएका छन्।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल देखाएर निहीत स्वार्थ पूर्तिका लागि मिडिया र सामाजिक सञ्जालमा प्रचारबाजी गरिएको भन्दै असन्तुष्टि जनाएका छन्।

आज देशवासीका नाममा सम्बोधन गर्ने क्रममा उनले मिडिया र सामाजिक सञ्जालमा सरकारलाई असफल देखाएर निहीत स्वार्थ पूर्तिका लागि मिडिया र सामाजिक सञ्जालमा प्रचारबाजी गरिएको भन्दै आपत्ति पनि जनाए।

मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति आफ्‍नो पर्याप्त ध्यान गएको भन्दै उनले मानव जातिविरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटमा एकजुट भएर लड्नुपर्ने समयमा स्वार्थ पूरा गर्न चलाइएको प्रचारबाजी बेमौसमी बाजाजस्तै भएको टिप्पणी गरे ।

'यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन। भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न सक्दैन । अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिए निर्ममतापूर्वक कारबाही गर्न सरकार किञ्चित पछि पदैन,' उनले भने ।

प्रकाशित: Apr 07, 2020| 12:09 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।