बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य सामग्री खरिदमा गडबडी भएको रहेछ भने सरकारले निर्ममतापूर्वक कारबाही गर्छ : प्रधानमन्त्री

स्वास्थ्य सामग्री खरिदमा गडबडी भएको रहेछ भने सरकारले निर्ममतापूर्वक कारबाही गर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले यतिबेला सबैभन्दा ठूलो चुनौती स्वास्थ्य उपकरणहरुको आपूर्तिमा परेको बताएका छन्। देशवासीलाई सम्बोधन गर्दै उनले मागको तुलनामा आपूर्ति कम हुँदा स्वास्थ्य सामग्री खोसाखोस भएको र विभिन्न मुलुकबीच आरोप प्रत्यारोप समेत चलिरहेको बताए।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले यतिबेला सबैभन्दा ठूलो चुनौती स्वास्थ्य उपकरणहरुको आपूर्तिमा परेको बताएका छन्। देशवासीलाई सम्बोधन गर्दै उनले मागको तुलनामा आपूर्ति कम हुँदा स्वास्थ्य सामग्री खोसाखोस भएको र विभिन्न मुलुकबीच आरोप प्रत्यारोप समेत चलिरहेको बताए।

'नागरिकको जीवन रक्षाभन्दा महत्वपूर्ण कुरा अरु हुन सक्दैन । सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरु यस्तो असामान्य अवस्थाका लागि पर्याप्त हुँदैनन् । त्यसैले स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको हो । अवस्था सामान्य होस् या असामान्य, सरकारका कामकारबाहीहरु विधिसम्मत् हुनुपर्छ र सुशासनका मानकमा ती खरो उत्रिनैपर्छ,' उनले भने।

सरकारका काम कुनै पनि संवैधानिक अङ्गहरुको सम्परीक्षण भन्दा माथि नहुने उनले स्पष्ट पारेका छन्। 'तिनले गर्ने अध्ययन र गर्ने फैसलाका लागि सरकार हमेशा तयार रहन्छ । तर कामै गर्न नसक्ने र प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित मात्रै गर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ भन्ने मात्र मेरो आग्रह छ,' उनले भनेका छन्।

समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति आफ्नो पर्याप्त ध्यान गएको उनले बताएका छन्। 'मानव जाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नुपर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन,' उनले भने ।

भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न नसक्ने प्रमले बताएका छन्। 'कहिँ कतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किञ्चित पछि पर्ने छैन,' उनले भने।

प्रकाशित: Apr 07, 2020| 11:55 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।