बिहीबार, भदौ ४, २०८३

'संकट नटरेसम्म जहाँ हुनुहुन्छ त्यहीँ रहनुुस्'

 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संकट विश्वव्यापी रहेकाले संकटको घडीमा जो जहाँ छ, त्यही रहनु नै उपयुक्त हुने बताएका छन् ।
देशवासीका नाममा सक्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय सीमा बन्द भएकाले अहिले जो जहाँ छ त्यहीँ सुरक्षित रहनुमात्रै विकल्प भएको बताए ।
उनले सम्बन्धित देशले नेपालीको व्यवस्थापन गर्ने बताएका छन् ।
नेपालको सीमावर्ती इलाकामा २ हजार १४७ नेपालीलाई भारतीयले व्यवस्थापन गरेको उनले जानकारी दिएका छन्। ७ सय भारतीय नागरिकलाई नेपालले व्यवस्थापन गरिरहेको उनले बताएका छन् ।

उनले लकडाउनपछि विभिन्न नाका भएर आएका कतिपय नेपाली क्वारेन्टाइनमा बस्न नमानेकाले परिवारका लागि त्यो महँगो पर्न सक्ने चेतावनी दिएका छन् ।

उनले सरकार कोरोना सकभर फैलन नदिन सतर्कता अपनाइरहेको र फैलिइहाले नियन्त्रण गर्न सक्षम रहेको बताएका छन् ।

प्रकाशित: Apr 07, 2020| 11:35 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।