बिहीबार, भदौ ४, २०८३

चौतारामा घरघरमै स्वास्थ्य परीक्षण

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले चैत महिनाभित्र विदेशबाट आएका व्यक्ति तथा उनीहरूको परिवारका सदस्यको स्वास्थ्य परीक्षण घरघरमै गएर गर्ने भएको छ।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले चैत महिनाभित्र विदेशबाट आएका व्यक्ति तथा उनीहरूको परिवारका सदस्यको स्वास्थ्य परीक्षण घरघरमै गएर गर्ने भएको छ।

यसका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गर्न लागिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाको सोमबार बसेको बैठकले मेडिकल अधिकृतको नेतृत्वमा घरघरमा गएर स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको उपमेयर जानुका पराजुलीले बताइन्।

बैठकले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि ५० लाख रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरेको छ। नगरपालिकाले दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने, अतिविपन्न तथा चुलो बाल्नै कठिन भएका परिवारलाई राहत उपलब्ध गराउने भएको छ।

सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित भएका विपन्न परिवारको वडाबाट लगत सङ्कलन गरी राहत उपलब्ध गराउने उपप्रमुख पराजुलीले जानकारी दिइन्।

प्रकाशित: Apr 07, 2020| 10:35 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।