बिहीबार, भदौ ४, २०८३

इन्जिनियरले बनाए कोरोना परीक्षण बुथ

इटहरीका इन्जिनियरले पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीई) नभएको क्षेत्रमा कोरोना भाइरस परीक्षण गर्न सुरक्षित बुथ बनाएका छन्।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

इटहरी- इटहरीका इन्जिनियरले पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीई) नभएको क्षेत्रमा कोरोना भाइरस परीक्षण गर्न सुरक्षित बुथ बनाएका छन्।
इन्जिनियर्स एसोसिएसन इटहरी च्याप्टरका ५ जना मिलेर निर्माण गरिएको बुथ इटहरी अस्पताललाई हस्तान्तरण गरिएको इन्जिनियर राजु आचार्यले जानकारी दिए।

'पीपीई र अन्य आवश्यक स्वास्थ्य सुरक्षाका सामान नभए पनि बुथमा आएपछि डाक्टरले बिरामी छुनै पर्दैन', आचार्यले भने, 'बिरामीले पनि संक्रमण अरुमा सार्ने सम्भावना भएन।'
एउटा बुथ निर्माण गर्न ४२ हजार रुपैयाँ खर्च भएको आचार्यले बताए।

अन्य स्थानीय निकायले प्राविधिक सहयोग गरेमा निर्माण गर्न तयार रहेको उनको भनाइ छ। इन्जिनियरले हस्तान्तरण गरेको कोरोना जाँच बुथ आएपछि स्वास्थ्यकर्मीमा आत्मबल बढेको इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले बताइन्।

प्रकाशित: Apr 07, 2020| 10:19 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।