काठमाडौं- अब नेपालका ७५३ वटै स्थानीय तहमा विद्युतीय प्रणालीबाट भुक्तानी गर्न सकिने भएको छ। बिहीबारदेखि उक्त प्रणाली कार्यान्वयनमा आएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ।
महालेखा नियन्त्रक सुमनराज अर्यालले बिहीबार देशभरका स्थानीय तहमा विद्युतीय कारोबार गर्न सकिने प्रणालीको शुभारम्भ गरेका हुन्। स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)मार्फत् विद्युतीय प्रणाली ७५३ वटै स्थानीय तहमा कार्यान्वयनमा आएको हो।
विद्युतीय भुक्तानी प्रणालीले स्थानीय तहमा पारदर्शिता कायम गर्न सहयोग गर्ने बताइएको छ। चेकबाट हुने कारोबारको तुलनामा विद्युतीय कारोबार छिटो र सहजसमेत हुने विश्वास लिइएको छ।