बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस पदाधिकारी बैठक देउवा निवासमा बस्दै, कोरोना संकटबारे छलफल हुने

कांग्रेस पदाधिकारी बैठक देउवा निवासमा बस्दै, कोरोना संकटबारे छलफल हुने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ ।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचारका लागि मुलुकभर लकडाउन लागू भएपछि कांग्रेस पदाधिकारी बैठक पहिलोपटक बस्न लागेको हो । बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा उपचारमा सरकारका तर्फबाट भएका काम–कारवाही र पार्टीका तर्फबाट गर्न सकिने योगदानलगायत समसामयिक विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

कांग्रेसको पदाधिकारीमा सभापति देउवा, उपससभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादव छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल विशेष आमन्त्रितका रुपमा छन्।
रासस

प्रकाशित: Apr 07, 2020| 09:38 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।