बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना रोकथामका लागि के-के गर्‍यो सरकारले ? आज जानकारी दिँदै प्रधानमन्त्री

कोरोना रोकथामका लागि के-के गर्‍यो सरकारले ? आज जानकारी दिँदै प्रधानमन्त्री

कोरोना भाइरसको जोखिमका कारण मुलुक लकडाउन भएको १४ दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्दैछन्।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

काठमाडाैं- कोरोना भाइरसको जोखिमका कारण मुलुक लकडाउन भएको १४ दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारबाट ११ बजे सम्बोधन हुने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्रीकाे सम्बाेधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ। 

सम्बोधनमा उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म सरकारले गरेका काम र भावी रणनीतिबारे प्रकाश पार्ने बताइएको छ।

यसअघि शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल टेलिभिजन र रेडियो नेपालबाट देशवासीका नाममा सम्बोधन गर्दै कोरोना नियन्त्रणका लागि सरकारले गरेका कामको तारिफ गरेकी थिइन्।

'भावनामा बगेर होइन, बरू रोगको गम्भीरता मनन गर्दै रोकथाम, नियन्त्रण र उपचारमा सरकारले चालेका कदमलाई साथ दिन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक आह्वान गर्छु,' उनले भनेकी थिइन्।

कोरोना रोकथामका लागि सरकारले चैत ११ गतेदेखि पूरै देश बन्दाबन्दी (लकडाउन) गरेको छ। त्यसको एक साताअघि चैत ६ गतेदेखि नै शैक्षिक संस्था, खेलकुद तथा मनोरञ्जन, होटल रेष्टुरेन्टलगायत बन्द गरेर सेमी लकडाउन गरिएको थियो।

त्यसको भोलिपल्ट ७ गते देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सरकारले कुनै कसर बाँकी नराख्ने बताएका थिए।

यहीबीचमा सरकारले १६ चैतमा कोरोना भाइरसबाट प्रभावितका लागि सरकारले राहत प्याकेज घोषणा गरेको थियो। प्याकेजमा निजी स्कुलको शुल्कदेखि विद्युत महसुल, इन्टरनेट आदिमा छुटका विषय समावेश छन्।

यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले चामल, पिठो, दाल, तेल, चीन लगायतका खाद्य वस्तुको खरिदमा हालको मूल्यमा १० प्रतिशत छुट दिएका छन्।

प्रकाशित: Apr 07, 2020| 08:55 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।