बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल प्रवेश गर्न नपाएका २३८ जना भारतीय क्वारेन्टाइनमा

नेपाल प्रवेश गर्न नपाएका २३८ जना भारतीय क्वारेन्टाइनमा

लकडाउनका कारण रोजगारी गुमेपछि भारतबाट फर्कनेहरुको संख्या बढ्न थालेको हो।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

कञ्चनपुर- कोरोना भाइरस रोकथामका लागि पश्चिमी सीमानाका गड्डाचौकी बन्द गरिएपछि पनि भारतीय सीमावर्ती बजारबाट घर फर्कने नेपालीको क्रम रोकिएको छैन।
लकडाउनका कारण रोजगारी गुमेपछि भारतबाट फर्कनेहरुको संख्या बढ्न थालेको हो।

सीमा प्रवेश अनुमति नपाएपछि भारतीय भूमिमै नेपाली बस्न बाध्य भएका छन्। भारतका विभिन्न क्षेत्रबाट स्वदेश फर्कनका लागि आउने नेपालीलाई भारतको उत्तराखण्ड प्रदेशको वनवसा, टनकपुरलगायत क्षेत्रमा क्वारेन्टाइनमा राखिएको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार सीमावर्ती भारतीय बजार बनवसा र टनकपुरमा गरी २३८ जनालाई भारतीय पक्षले क्वारेन्टाइनमा राखेको छ। क्वारेन्टाइनमा बसेका नेपालीको खाने र बस्ने व्यवस्था भारतीय प्रशासनले मिलाएको बताइएको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीका अनुसार नौ वटै स्थानीय तहमा भारतलगायतका अन्य मुलुकबाट गरी पाँच हजार ४२२ भित्रिएका छन्। भारत, कतार, मलेसिया, यूएई र साउदी अरेबियालगायत देशबाट नेपाली भित्रिएका हुन्। भारतबाट भित्रिनेको संख्या बढी छ।

विदेशबाट भित्रिएकाहरु घरमै क्वारेन्टाइनमा बसेका छन्। जिल्लाका नौ वटै स्थानीय तहमा क्वारेन्टाइन शय्या ४०६ छ। क्वारेन्टाइनमा बसेका व्यक्तिको सङ्ख्या भने २१० छ। आइसोलेटेड शय्याको संख्या ९ रहे पनि आइसोलेसनमा कोही पनि बसेका छैनन्। -रासस

प्रकाशित: Apr 07, 2020| 08:47 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।