बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना अपडेट : मृतकको संख्या ७४ हजारनजिक, इटालीमा फेरि बल्झियो

कोरोना अपडेट : मृतकको संख्या ७४ हजारनजिक, इटालीमा फेरि बल्झियो

कोरोना भाइरसबाट संक्रमित बेलायतका बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई लण्डन अस्पतालको आईसीयूमा भर्ना गरिएको छ।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आईसीयूमा भर्ना

कोरोना भाइरसबाट संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई लण्डन अस्पतालको आईसीयूमा भर्ना गरिएको छ। उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि आईसीयूमा सारिएको हो। आइतबार अस्पताल भर्ना भएका प्रधानमन्त्री जोनसनलाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आउन सक्ने अधिकारीहरुले बताएका छन्।

फ्रान्सका प्रधानमन्त्री इम्यानुएल म्याक्रो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले प्रधानमन्त्री जोनसनको स्वास्थ्य लाभको कामना गरेका छन्।

गत आइतबार अस्पताल भर्ना भएका जोनसनले प्रधानमन्त्री कार्यभार विदेशमन्त्री डोमिनिक राबलाई सुम्पिएका छन् ।

विश्वभर १३ लाख ३७ हजार संक्रमित

जोन हप्किन्स विश्वविद्यालयका अनुसार आज (मंगलबार) बिहानसम्ममा कोरोना संक्रमितको संख्या विश्वभर १३ लाख ३७ हजार ७ सय ४९ पुगेको छ। त्यसैगरी मृतकको संख्या ७३ हजार ९ सय १७ पुगेको छ।

संक्रमितको संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ। कतिपय मुलुकले आफ्नो मुलुकको आँकडा कम बताइरहेको समाचार पनि आइरहेका छन्। विश्वका दुई सयभन्दा बढी मुलुकमा कोरोना फैलिएको छ।

अहिलेसम्म २ लाख ७५ हजार निको भएर घर फर्किएका छन्। यद्यपि, कोरोना भाइरसको औषधि अहिलेसम्म बनेको छैन।

भारतमा संक्रमित बढे

भारतमा पनि कोरोना भाइरसका संक्रमित बढिरहेका छन्। आजसम्म त्यहाँ ४ हजार २ सय ८१ जना संक्रमित भएका छन् भने १११ जनाको ज्यान गएको छ।

फ्रान्समा मृतकको संख्या बढ्यो

फ्रान्समा कोरोनाका कारण मर्नेको संख्या एकैदिनमा १० प्रतिशतले बढेको छ। त्यहाँ अहिलेसम्म ८ हजार ९ सय ११ को मृत्यु भइसकेको छ।

अमेरिकामा झन्डै ९ हजारको मृत्यु

अमेरिकामा कोरोनाबाट मर्नेको संख्या ९ हजारको हाराहारीमा पुगेको छ भने ३ लाख ३० हजार ८ सय ९१ संक्रमित छन्।

इटालीमा फेरि बढ्यो मृतकको संख्या

चीनपछि सबैभन्दा बढी कोरोनाको कहर इटालीमा देखिएको थियो। त्यहाँ मृतकको संख्या विस्तारै घट्न थालेको थियो।

तर, सोमबार फेरि मृतक संख्या बढेको छ। सोमबार एकैदिन ६३६ जनाको ज्यान गएको छ। इटालीमा अहिलेसम्म १६ हजार ५ सय २३ जनाको मृत्यु भइसकेको छ।

बीबीसी

प्रकाशित: Apr 07, 2020| 07:41 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।