बिहीबार, भदौ ४, २०८३

कोरोना परीक्षणका लागि स्याम्पल लिन पीपीई बुथ

शिक्षण अस्पताल महाराजगञ्जमा सोमबारदेखि पीपीई बुथ राखिएको छ । अस्पतालको आइसोलेसन वार्डभन्दा बाहिर बुथ राखिएको हो ।
 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

शिक्षण अस्पताल महाराजगञ्जमा सोमबारदेखि पीपीई बुथ राखिएको छ । अस्पतालको आइसोलेसन वार्डभन्दा बाहिर बुथ राखिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) का सम्भावित संक्रमितको परीक्षणका लागि स्याम्पल लिन बुथ राखिएको हो। सम्भावित संक्रमितबाट स्याम्पल लिँदा स्वास्थ्यकर्मीलाई नसरोस् भनेर बुथ राखिएको अस्पतालले जनाएको छ। यसरी बुथभित्र बसेर सम्भावित संक्रमितको घाँंटीबाट स्याम्पल लिँदा चिकित्कसलाई रोग सर्ने सम्भावना हुँदैन ।

डा महाविर पुनः अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा यो बुथ काठमाडौं बिल्डर्स प्रालि भक्तपुरले वनाएको हो । साथै यसमा अमेरिका नेपाल मेडिकल फाउण्डेशनको सहयोग पनि रहेको जनाइएको छ ।

बुथ निर्माण समूहमा संलग्न इन्जिनियर कृष्णभक्त दुवालले सोमबार एक कार्यक्रमबीच अस्पताललाई बुथ हस्तान्तरण गरेका छन् ।

प्रकाशित: Apr 06, 2020| 21:25 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।