बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वडाध्यक्ष भारतबाट फर्केपछि स्थानीय त्रसित, दबाबपछि बसे क्वारेन्टाइनमा

वडाध्यक्ष भारतबाट फर्केपछि स्थानीय त्रसित, दबाबपछि बसे क्वारेन्टाइनमा

जनकपुरधाम– धनुषाका एकजना वडाध्यक्षलाई क्वारेन्टाइनमा राखिएको छ । भारतबाट फर्केका जनक नन्दनी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष भोगेन्द्र पाठकलाई स्थानीयको दबाबपछि क्वारेन्टाइनमा राखिएको हो ।
 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

जनकपुरधाम– धनुषाका एकजना वडाध्यक्षलाई क्वारेन्टाइनमा राखिएको छ । भारतबाट फर्केका जनक नन्दनी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष भोगेन्द्र पाठकलाई स्थानीयको दबाबपछि क्वारेन्टाइनमा राखिएको हो ।

पाठक आइतबार भारत बिहारको मधुबनीबाट घर फर्केका थिए । भारतमा कोरोना संक्रमण बढिरहेको बेलाउनी गाउँ फर्किएपछि स्थानीयवासी त्रसित बनेका थिए ।

इलाका प्रहरी कार्यालय खजुरीमा स्थानीयले पाठक भारतबाट आएको जानकारी गराएपछि प्रहरीको सक्रियतामा उनलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रशासकीय अधिकृत कुलानन्द झाले जानकारी दिए ।

वडाध्यक्ष पाठकलाई गाउँपालिकाकै वडा नम्बर ४ स्थित एक उच्च माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ । वडाध्यक्ष झासँगै त्यहाँस्थित क्वारेन्टाइनमा भारतबाट फर्किएका ९ जना छन् ।

प्रकाशित: Apr 06, 2020| 20:02 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।