बिहीबार, भदौ ४, २०८३

कोरोना भाइरस : सामाजिक दूरी कहिलेसम्म ?

कोरोना भाइरस वर्तमान विश्वका लागि नितान्त नयाँ संकट हो। यो कहाँबाट आयो? कसरी रोकिएला?
 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

एजेन्सी- कोरोना भाइरस वर्तमान विश्वका लागि नितान्त नयाँ संकट हो। यो कहाँबाट आयो? कसरी रोकिएला? यसको उपचार के हो? अहिलेसम्म कसैलाई केही अत्तोपत्तो छैन।

तर एउटा कुरा चाँहि शतप्रतिशत सत्य साबित भएको छ कि सोसल डिस्ट्यान्सिङ् (सामाजिक दूरी) बाट यो भाइरस संक्रमणको रोकथाम हुनसक्छ। यस महामारीलाई नियन्त्रणमा लिन सफल भएका सबै मुलुकहरुले यसलाई प्रमुख हतियार बनाईरहेका छन्। नेपालमा पनि आम नागरिकलाई सामाजिक दूरी कायम गर्न भनिएको छ। त्यसैले सरकारले लकडाउन गर्नु परेको हो। तर यो सामाजिक दूरी पनि कहिलेसम्म जारी रहला ?

बिसौँ शताब्दीको शुरुवातमा जतिबेला प्रथम विश्वयुद्ध भरखरै अन्त्य भएको थियो त्यसबखत पनि एक घातक भाइरसले विश्व मानव समुदायमाथि धावा बोलेको थियो। त्यस रोगले संसारका एक चौथाई जनसंख्यालाई आहत पारेको थियो। यस महामारीलाई आज हामी स्पेनिस फ्लू भनेर चिन्छौँ।

हालसम्म विश्वभरी त्यसबेला यस फ्लुको महामारीबाट पाँच करोड भन्दाबढी मान्छेको ज्यान गएको थियो। तर कोभिड–१९ स्पेनिस फ्लूको भाइरस जस्तो छैन।

वैज्ञानिकहरुका लागि पनि यो भाइरस अनुसन्धानकै विषय बनेको छ। त्यसर्थ यसलाई नियन्त्रण गर्ने एउटै उपाय हो, सामाजिक दूरी। यसको माध्यमले मात्रै कोविड–१९ को संक्रमणलाई रोकथाम गर्न सकिन्छ।

विश्वका लगभग सबै मुलुकहरुले आफ्ना जनतालाई घरमै बस्न, लकडाउन तथा सामाजिक दूरीको पालना गर्न अनुरोधसहित कडाइ पनि गरिरहेका छन्। यसको अर्थ संक्रमितहरुलाई स्वस्थ मानिसहरुको सम्पर्कमा जानबाट रोक्नु हो। यस्तै अन्य तरिकाहरुमा सेल्फ आइसोलेसन तथा क्वारेन्टाइन पनि सामाजिक दूरीका अलगअलग रूप हुन्।

सामाजिक दूरीको यो क्रम केही समय अरु जारी रहने देखिन्छ। हार्बर्ड विश्वविद्यालयको एक प्रतिवेदनअनुसार अमेरिकामा सामाजिक दूरीको क्रम सन् २०२२ सम्म जारी रहन सक्ने देखिन्छ। हुन त यो प्रतिवेदन कुनै अनुसन्धानमुखी जर्नलमा प्रकाशित हुन बाँकी नै छ, तर हालको स्थितिलाई मध्यनजर गर्दा सहजै यस्तो अनुमान लगाउन सकिन्छ। आँउदो सन् २०२२ सम्ममा कोभिड–१९ को खोप पनि आविश्कार हुन सक्ला।

त्यसकारण तबसम्मका लागि सामाजिक दूरी तथा क्वारेन्टाइनलाई इमान्दारीपूर्वक व्यवहारमा लागू गर्नुपर्छ। यदि मौसमको वार्षिक चक्रले यसलाई असर गर्ने भने सम्भवत आउँदो साल पनि यो भाइरस पुनः सक्रिय हुन सक्छ। कोभिड–१९ बाट संक्रमित व्यक्ति औसत २ बाट ३  व्यक्तिहरुलाई संक्रमित गर्न सक्छ।

भाइरसका लक्षणहरु

एक अध्ययनअनुसार स्पेनिस फ्लुको भाइरसमा बिस्तारित हुने क्षमता १.८ थियो।  इनफ्लुएन्जा भाइरसको क्षमता १.०६ देखि ३.४ सम्म रहेको हुन्छ। जबकि रिनोवा भाइरसमा यस्तो क्षमता १.२–१.८३ को अनुपातमा रहेको तथ्यांक छ। तर अहिलेको महामारी कोभिड–१९ मा बिस्तारित हुने क्षमता १.४ देखि ३.९ छ, जुन अन्य सबै प्रकारका भाइरसहरुमा भन्दा बढी हो।

कोभिड–१९ बारे चीनमा भएको एक अनुसन्धानअनुसार यो भाइरसको लक्षण ५ दिनमा शरीरभरी फैलिन थाल्दछ र १४ दिनमा प्रष्टसित देखिन थाल्छ। तर शुरुशुरुमा सामान्य लाग्ने मानिसहरुबाट पनि २ या ३ जनामा यो भाइरसले संक्रमण गर्न सक्छ।

अनि यीनै २–३ ले अर्को २–३ गर्दा गर्दै संक्रमणको दायरा बिस्तार गर्दै जान्छ। यसरी एक कोरोना संक्रमित व्यक्तिले एक महिनामा लगभग २४४ जनालाई  संक्रमित बनाउन सक्छ। यदि रोकथामका उपायहरु प्रयोग नगर्ने हो भने आउँदो दुई महिनाभित्रै यही अंक बढेर ५९ हजार ६०४ सम्म पुग्नसक्छ।

यो भाइरस संक्रमित भईसकेका तर कुनै लक्षण नदेखाएका ब्यक्तिबाट पनि सर्ने गर्छ। यसलाई साइलेन्ट ट्रान्समिसन पनि भनिन्छ। लगभग १० प्रतिशत केशमा यस्तो साइलेन्ट ट्रान्समिसन हुन पुग्छ। यस्ता मान्छेहरु आफूले आफ्ना परिवारका सदस्यहरुबाट टाढा रहनुपर्छ तर लक्षण थाहा नहुने हुँदा कठिनाई भने रहन्छ।

चीनको वुहान शहरमा कोरोना भाइरसको संक्रमणबारे भएको रिसर्चका अनुसार सामाजिक दूरीबाट नै यस भाइरस बिस्तार हुनबाट रोक्न सकिन्छ। यसको असर वुहानमा जारी गरिएको लकडाउनमा दौरान थाहा पाइएको थियो। सामाजिक दूरीले गर्दा यस भाइरसको बिस्तारमा २.३५ बाट घटेर झण्डै १ मा आएको थियो।

यसको अर्थ एक कोरोना संक्रमितबाट जम्मा एक व्यक्ति मात्र संक्रमित हुन जान्छ। सामाजिक दूरीको अर्को महत्व के छ भने यसले संक्रमणको रफ्तारलाई कम गर्छ। यसको किटाणु सर्न समय लाग्ने हुँदा यसको रफ्तार त्यसै पनि कम भई मानवीय क्षति कम हुन्छ।

यदि मानिसहरु सामान्य अवस्थामा जस्तै हिँड्डुल गरिरहने हो भने भाइरस फैलिएर प्रकोपकै रुप लिन्छ। कोभिड–१९ को संक्रमण रोक्न अलगअलग देशले आआफ्नै तरिका अपनाएका छन्। बेलायतले यसका लागि एउटा कम्प्यूटर मोडल निर्माण गरी प्रयोगमा ल्याएको छ जसले संक्रमण कसरी फैलिन्छ भन्ने कुरा थाहा पाईन्छ।

अमेरिकन नेशनल ईन्स्टच्युट फर हेल्थले आफ्नो रिसर्चमा यस भाइरसको किटाणु ३ देखि ४ घण्टा सक्रिय रहने र केही समय हावामा पनि रहनसक्ने देखिएको छ। यदि यसको कण ढोकाका ह्याण्डलहरु, लिफ्टका स्वीचहरु लगायत धातुका सतहहरुमा यो ४८ घण्टासम्म सक्रिय रहने बताइएको छ।

यदि त्यसको कण स्टीलको सतहमा परेको खण्डमा २–३ दिनसम्म सक्रिय रहन सक्छ। केही पुराना रिसर्चहरुले कोरोना भाइरसको किटाणु अनुकूल परिस्थितिमा एक हप्तासम्म सकृय रहने बताइएको छ। लुगा कपडा जस्ता नरम सतहमा कोरोना भाइरसको किटाणु धेरै समय सक्रिय रहन नसक्ने प्रमाणित भएको छ। तर आँखा, नाक, मुख जस्ता संवेदनशील अंगमा यसको सम्पर्क हुनपुग्यो भने संक्रमण गर्न थाल्ने देखिएको हुनाले स्यानिटाइजरको प्रयोगबिना अनावश्यकरुपमा यी अंगहरुमा हात लैजानु असुरक्षित हुन्छ।

कोरोना भाइरस ६० देखि ७०  डिग्री सेल्सियसको तापमानसम्ममा नष्ट हुनसक्छ। तर त्यति तापमान सामान्य मानव बसोबास भएका स्थानहरुमा पाईँदैन।

बेलायती चिकित्सक साराह जार्विसका अनुसार २००२ को नोभेम्बरमा सार्सको महामारी शुरू भएर जुलाईसम्म पुग्दा अन्त्य भएको थियो। तर यो तापमान बढेर अन्त्य भएको हो कि अन्य कुनै कारणले हो भन्न मुस्किल छ। कोरोनाभाइरस संसारका २०० भन्दा बढी मुलुकमा फैलिएको छ। जसमा अति जाडो देश ग्रिन्ल्याण्डदेखि मध्यपूर्वी मुलुकहरु जस्ता अती गर्मी स्थानसम्म यो भाइरसले विपत्ति सिर्जना गरेको छ।

प्रकाशित: Apr 06, 2020| 19:13 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।