बुधबार, साउन १३, २०८३

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार नजिक

 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजारको हाराहारीमा पुगेको छ।

अमेरिकी समाचार संस्था सीएनएनका अनुसार त्यहाँ सोमबार बेलुकासम्म कोरोना संक्रमणबाट कम्तीमा ९ हजार ६ सय ४८ जनाले ज्यान गुमाएका छन्।

अमेरिकामा तीन लाख ३७ हजार ६ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जोन्स हप्किन्स युनिभर्सिटीलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ। त्यहाँका ५० वटा राज्यमा कोरोना संक्रमण देखिएको छ।

एजेन्सी

 

प्रकाशित: Apr 06, 2020| 16:42 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।