बुधबार, साउन १३, २०८३

कोरोनाविरुद्ध लड्न भारतलाई अमेरिकाको ३० लाख डलर सहयोग

अमेरिका सरकारले कोरोना (कोभिड–१९) विरुद्ध लड्न भारत सरकारलाई ३० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।
 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

एजेन्सी- अमेरिका सरकारले कोरोना (कोभिड–१९) विरुद्ध लड्न भारत सरकारलाई ३० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।

भारतस्थित अमेरिकी राजदूत केन्नेथ जुस्टरले युएसआईडीमार्फत् भारतलाई उक्त रकम सहयोगको घोषणा गरेका हुन्।

उनले उक्त रकम भारतको रोग निवारण तथा नियन्त्रण केन्द्रलाई सहयोग गरेका हुन्।

उनले कोरोना भाइरस विश्वव्यापी महामारी भएका कारण सबैको सहयोगमा मात्रै कोरोनाविरुद्धको जित हासिल गर्न सकिने बताए।

यो रकम भारतमा क्रियाशिल युएसआईडी तथा विश्व स्वास्थ्य संगठनले गरिरहेका परियोजनाहरुमा थप गरिनेछ।

प्रकाशित: Apr 06, 2020| 16:16 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।